८५ विद्यालय भवनको पुनःनिर्माण सम्पन्न

लमजुङ । लमजुङमा भूकम्पबाट क्षति पुगेका ८५ विद्यालय भवनको पुनःनिर्माण सम्पन्न भएका छन् । लमजुङमा भूकम्पबाट क्षति पुगेका १ सय २७ विद्यालयमध्ये ६० प्रतिशतको निर्माण सम्पन्न भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा) लमजुङले जनाएको छ । सो विद्यालय पुनःनिर्माणका लागि ६२ करोड खर्च भएको एकाई प्रमुख अशोक पराजुलीले जानकारी दिए । उनका अनुसार साउदी अरेबियका दूतावासबाट भवन पुनःनिर्माणका लागि आएको १२ करोड, गैरसकारी संस्था र विद्यालय व्यवस्थापन समितिमार्फत गरी भवन पुनःनिर्माणका लागि आएको कुल १ अर्ब १२ करोडमध्ये उक्त रकम खर्च भएको छ ।

१ सय २७ विद्यालयमध्ये १ सय ६६ भवन पुनःनिर्माण हुने र तीमध्ये ८५ वटा भवनको पुनःनिर्माण सम्पन्न भइसकेको र ८१ भवन निर्माणाधीन अवस्थामा रहेको इकाइ प्रमुख पराजुलीको भनाइ छ । उनका अनुसार पुनःनिर्माण सम्पन्न भइसकेका विद्यालय भवनमध्ये २० कोठे भएका तीन वटा विद्यालय भवन गैरसरकारी संस्था गोरखा वेयलफेरयले निर्माण गरेको छ । तीसंस्थाले चार वटा विद्यालय भवनको पुनःनिर्माण गुर्नपर्नेछ ।
साउदी सरकारले बनाउन लागेको चार वटा विद्यालय भवन निर्माणाधीन रहेको इकाई प्रमुख पराजुलीको भनाइ छ । उनले भने, ‘३२ वटा शौचालय निर्माण सम्पन्न भइसकेको छ भने ३६ वटा शौचालय निर्माणाधीन अवस्थामा रहेको छ ।’ त्यस्तै, ३७ वटा खानेपानी धारा निर्माण गर्नुपर्नेमा ती सबै निर्माणाधीन अवस्थामा रहेको इकाइले जनाएको छ ।

चालु आर्थिक वर्षमा ८१ विद्यालय भवन, ३६ शौचालय र ३७ खानेपानी धाराको पुनःनिर्माण गर्ने लक्ष्य लिएको प्रमुख पराजुलीको भनाइ छ । जिल्लामा विद्यालय भवन पुनःनिर्माण आर्थिक वर्ष ०७३÷७४ बाट सुरु भएको थियो । उक्त आर्थिक वर्षदेखि जिल्लामा पुनःनिर्माण गर्नुपर्ने विद्यालय भवन पाँच वर्ष अवधि रहेकोमा निर्धारित समयमै सम्पन्न हुन लागेको इकाइ प्रमुख पराजुलीले जानकारी दिए । जिल्लामा कुल ३ सय ५२ सामुदायिक विद्यालय रहेकोमा १ सय २७ विद्यालयमा भूकम्पले क्षति पु¥याएको थियो ।

प्रतिक्रिया