खोजखबर

तथ्यहिन समाचार प्रकाशन गरिएको भन्दै आशा परियोजनाले निकाल्यो प्रेस विज्ञप्ती

हस्त चौलागाँई २०७७ माघ ८ गते १७:४७ मा प्रकाशित

कालिकोट । पहाडी सानाकिसानका लागि अनुकुलन आयोजना समन्ववय इकाई कालिकोटले तथ्यहिन समाचार प्रकाशन गरेको भन्दै बिहीवार प्रेस विज्ञप्ति निकाले छ ।

गत माघ ०७ गते ‘न्युज २४ नेपाल टेलिभिजन’ को अनलाइनमा ‘कालिकोटको आशा आयोजनामा लाखौँ रकम अनियमितता भएको खुलाशा’ नामक शीर्षक राखी प्रकाशित भएको अनलाइन समाचारप्रति ‘हाम्रो कार्यालयको गम्भिर ध्यानार्कषण भएको’ विज्ञप्तिमा उल्लेख छ ।

कालिकोटमा कर्णाली इन्फोटेक नामक पसल सञ्चालन गर्दै आएका न्युज २४ नेपाल टेलिभिजन नामक अनलाइनका जिल्ला संवाददाता मनिराज पाण्डेले आफ्नो पसलको विल अनुसारको रकम समयमै नदिएका कारण पत्रकारीताको धम्कीमार्फत कार्यालयको नियम विपरित रकम उठाउन खोज्दा कार्यालयले स्वीकार नगर्दा आधारहिन समाचार प्रकाशन गरेको आशा परियोजनाका जिल्ला आयोजना संयोजक निकेश कठायतले बताए ।

निकेश कठायतका अनुसार ब्यवसायी तथा पत्रकार मनिराज पाण्डेले आफ्नो पसलको ७२ हजार २ सय ३० रुपैयाँको पाना नम्बर विल ल्याउँदा भुक्तानी नदिएको र भ्याट बिल माग्दा पाण्डेले भ्याट विल उपलव्ध गराउन नसक्दा रिसीबीका कारण समाचार सम्प्रेषण गरेको बताएका हुन् ।

पसल सञ्चालक तथा पत्रकार पाण्डेले आफ्नो विल भुक्तानी नदिँदा तथ्यहिन समाचार लेखेको आरोप

कार्यालयका लेखापाल शेर बहादुर बोहोराले भने, ‘म माघ महिनाबाट आशा परियोजनामा हाजिर भएको हुँ, अहिलेसम्म कुनै पनि योजनाहरु सञ्चालनमा आएका छैनन् ।’

कालिकोटका स्थानीय तहमा गई सम्बन्धित समस्याको पहिचान गरी कार्यक्रम लागू गर्ने र रकम भुक्तानी प्रक्रिया स्थानीय तहमा सञ्चालित बैंकमार्फत सेवाग्राहीलाई सुविधा दिने लेखापाल बोहोराले बताए ।

उक्त प्रकाशित समाचारमा आयोजना प्रमुख कठायतले विभिन्न कामका लागि स्थानीय समुदायमा जाने बजेटबाट समेत आफ्नो भाग खोज्ने गरेको भन्दै लेखेको समाचारप्रति प्रश्नमा भने, ‘म आएको तीन महिना भयो, अहिले कुनै पनि योजनाहरुको सम्झौता गरेका छैनौँ, पसले तथा पत्रकार पाण्डेले आफ्नो पसलको रकम कागजात पुरा नगरेरै लिन खोज्दा दिएनौँ, यसैले आवेगमा आएर विना प्रमाणको समाचार लेखेका हुन ।’

उक्त विज्ञप्तिमा लेखिएको छ, ‘उक्त समाचारमा कार्यालय प्रमुख तथा लेखापालको नाम किटान गरी उल्लेखित गरिएको घोटाला प्रकरणको समाचार तथ्य हिन तथा आधारहीन रहेकोमा यस्तो समाचार प्रकाशन गर्नु आफैँमा लज्जास्पद, असंगतिक र अवैधानिक रहेको छ, हालसम्ममा यस कार्यालयबाट कार्यान्वयन हुने चालु आवको स्वीकृत योजनाका कुनै पनि सम्झौता नभएको अवस्थामा स्थानीय समुदायमा जाने बजेटबाट समेत आफ्नो भाग खोज्ने गरेको भनी आरोप लगाउने किसिमको प्रेषित आधारहिन कपोकल्पित समाचारको माध्यमबाट कर्मचारीको चरित्र हत्यागर्ने अभिप्रायले चालिएको यो कदम अति नै तुच्छ रहेको छ ।’

समाचारमा कुनै किसिमको प्रमाण र नागरिकको गुनासोसमेत छैन । मनपरी ढंगबाट ब्यवसायी तथा पत्रकार पाण्डेले आपुूखुशी र पत्रकारीताको धम्की दिएको कार्यालयका कर्मचारीहरुले बताएका छन् ।

नयाँ कार्यालय प्रमुख र नयाँ लेखापाल आएदेखि कुनै किसिमका कामहरु सञ्चालन भइरहेका छैनन् । अब तत्कालै प्रत्येक स्थानीय तहमा गई अनुगमन गरेर आएपछि मात्र कार्यक्रम लागू गरिने छ ।

तर, बिना प्रमाण, बिना आधारबाट लेखिएको समाचारप्रति घोर आपत्ती भन्दै जिल्ला आयोजना संयोजक निकेश कठायतको हस्ताक्षरमा रहेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

यस्ता तथ्यहिन समाचार लेख्ने पत्रकार र केही मिडियाका कारण सिंगो नेपाली मिडियामा दाग लाग्न सक्ने सामाजिक सञ्जालमा प्रतिक्रिया आइरहेको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय