हतियारसहित विप्लव समूहका मोरङ जिल्ला ईन्चार्ज पक्राउ

काठमाडौँ । प्रहरीले हतियारसहित विप्लव समूहका मोरङ जिल्ला ईन्चार्ज पक्राउ गरेको छ । बुधबार मोरङ बुढीगंगा गाउँपालिका– ४ बाट संखुवासभा मादी नगरपालिका–४ ओखरबोटेका ३२ वर्षीय डिबि सिलवाल भन्ने धन बहादुर बिकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रहरी अनुसन्धानमा उनी गत मंसिर २३ गते मोरङ मिक्लाजुङ गाउँपालिका– १ बर्खे निवासी राजेन्द्र श्रेष्ठको हत्यामा समेत संलग्न रहेको खुलेको बताइएको छ । प्रहरीका अनुसार उनी लामो समयदेखि विप्लव समूहमा आवद्ध रहेका उनी मोरङ जिल्ला ईन्चार्ज हुन् ।

उनको साथबाट अटोमेटिक पेस्तोल एक थान, म्याग्जिनमा लोड गरेको अवस्थामा KF7.65 लेखिएको गोली ३ थान, सिम नभएको ओप्पो कम्पनीको मोबाइल एक थान, कलर्स मोबाइल एक थान र सिमकार्डहरु समेत बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया