अलाबा रियल म्याड्रिड आउने

मड्रिड । जर्मन महारथी बायर्न म्युनिखका अष्ट्रियन डिफेन्डर डेभिड अलाबा स्पेनिस क्लब रियल म्याड्रिड आउने पक्का भएको छ । स्पेनिस पत्रिका मार्काका अनुसार अलावा अर्काे समरको सुरुमै म्याड्रिडमा चार वर्षको लागि अनुबन्ध हुनेछन् । उनी अर्काे समरमा रियलमा अनुबन्ध हुने पहिलो खेलाडी बन्नेछन् । उनको वार्षिक पारिश्रमिक ११ मिलियन युरो रहने बुझिएको छ । यसमा बढ्न सक्ने अनुमान गरिएको छ । २८ वर्षीय सेन्टरब्याक अलाबा अनुबन्धको लागि युरोपका ठुला क्लब म्यानचेस्टर सिटी, पेरिस सेन्ट जर्मेन (पीएसजी), लिभरपुल र चेल्सीले चासो देखाएपनि उनले रियलमा जाने निर्णय गरेको उनका एजेन्ट पिनी जाहाभीले बताएका छन् । उनले बायर्नमा १० सिजन बिताइसकेका छन् ।

अलाबालाई बायर्नले क्लबमै राख्न तीन अफरको प्रस्ताव गरेपनि उनले आउदो समरसँगै क्लब छाड्ने निर्णयमा पुगेका हुन् । बायर्नका अध्यक्ष कार्ल हेन्ज रुमिनेगीले गत अक्टोवर र नोभेम्वरमा उनी र उनका एजेन्टसँग छलफल गरेपनि उनीहरु सहमति नसकेको बताएका छन् । २००८–२००९ मा बायर्नमा आएका भर्सटाइल डिफेन्डर अलाबाले त्यसपछि लोनमा ६ महिना अर्काे जर्मन क्लब होफेनहाइनमा पुगेका थिए । त्यसपछि उनी निरन्तर बायर्नमै रहेका छन् ।

अलाबाले बायर्नका लागि हालसम्म ४०८ खेलमा ३२ गोल र ४९ असिस्ट दिदा २३ उपाधि जितेका छन् । जसमा दुई च्याम्पियन्स लिग, ९ जर्मन बुन्डेसलिगा, ६ डिएफवी पोकल, ३ जर्मन सुपर कप, २ युइएफए सुपर कप र एक क्लब विश्वकप रहेका छन् । अलावालाई युरोपमा उत्कृष्ट डिफेन्डरको रुपमा हेरिएको छ । कप्तान तथा सेन्टर ब्याक सर्जियो रामोस ३४ वर्ष पार गरिसकेकाले रियलले । रियलले सेन्टर ब्याकमा पोउ टोरेस, जुलेस कोउन्डे र डिएगो कार्लाेसलाई पनि नजर लगाएपनि म्याड्रिड अलाबा अनुबन्धमा पुगेको हो । रियलमा राफयल भरान र नाचो फर्नान्डेजको सम्झौता २०२२ सम्म रहेको छ । ५० मिलियन युरोमा अनुबन्ध भएका इडर मिलिटाओले रियलमा अपेक्षाकृत प्रदर्शन गर्न सकेको छैन ।

प्रतिक्रिया