फागुनमा मिस नेवाः

काठमाडौं । आयोजक नेप्लिज फेसन होमले आयोजना गर्दै आएको ‘मिस नेवाः नेपाल’ फागुनमा हुने भएको छ । कोरोना कहरका कारण प्रतियोगितामा केही प्रभाव परे पनि यस वर्ष पनि निरन्तरता पाउने भएको छ । होमले प्रतियोगिता आगामी ७ फागुनमा कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने जानकारी दिएको छ ।

नेवार समुदायका युवतीको प्रतिभालाई चिनाउने र संस्कृति प्रवद्र्धन गर्ने लक्ष्यका साथ यो प्रतियोगिता हरेक वर्ष हुँदै आएको छ । १५ जना नेवार युवती प्रतिस्पर्धामा रहेको यो मिस नेवाः नेपालको १५औं संस्करण हो । अहिले उनीहरु विभिन्न विधामा तालिम र प्रशिक्षण रहेको नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले जानकारी दिइन् ।

प्रतिस्पर्धीलाई पूर्वमिस नेवाः नेपाल नितु डंगोल, प्रजिता श्रेष्ठ, युनिसा शाही लगायतले तालिम तथा प्रशिक्षण दिइरहेको मानन्धरले बताइन् । उनले भनिन्, ‘नेवार समुदायको कला, भाषा र संस्कृतिलाई जीवन्त राख्दै नेवार समुदायको युवतीको प्रतिभा निखार्ने उद्देश्य कार्यक्रमको आयोजना गर्दै आइरहेका छौं ।’

प्रतिक्रिया