जनगणना–२०७८, कुलुङले पाएको कोड

निनाम कुलुङ ‘मंगले’

बुझ्नुपर्ने त भूपध्वजले नै हो । किनभने, उनी जन्मसिद्घ थोमरोस थरका कुलुङ हुन् । यसरी कुलुङ विरुद्घ ‘बिगारसिङ !’ गरी हिँड्दा छोरा, नाति, पनाति, खनाति, जनाति, मनाति, … सम्मलाई कस्तो असर हुन्छ ? कुलुङ समाजको आउँदो पुस्ताले कसरी हेर्छ, भन्ने हेक्का राख्नुपर्ने थियो कि ? हुन त म आफू बाहेक यो धरतीमा जान्ने/बुझ्ने अरू कोही छैन भन्ने अहं भएका/बोकेका भुपध्वजलाई कसले मात्रै सम्झाएन, कसले मात्रै बुझाएन ?

०६८ को ११औँ राष्ट्रिय जनगणनामै कुलुङ जातिको जनसंख्या २८ हजार ६ सय १३ र कुलुङ जातिको मातृभाषी संख्या ३३ हजार १ सय ७० आएको छ । वास्तवमा सोही आधारमा नै केन्द्रीय तथ्यांक विभाग (केतवि) ले आगामी १२औँ राष्ट्रिय जनगणनाका लागि पनि कुलुङ जातिलाई जातिगत र भाषागत रूपमा अलग्गै कोड उपलब्ध गराएको छ । केतविले आगामी १२औँ राष्ट्रिय जनगणना (विसं–२०७८) का लागि कुलुङ जातिलाई उपलब्ध गराएको ‘जातिगत कोड–६२’ रहेको छ भने, कुलुङ ‘भाषागत कोड–२९’ रहेको छ । अब हामी सबैले हाम्रो समुदाय (कुलुङ) लाई जनगणना–२०७८ बारे बताउँदा, प्रशिक्षित गर्दा र प्रचारप्रसार गर्दा माथि उल्लिखित कोडअनुसार गरौँ/गराऊँ ।

आगामी १२औँ राष्ट्रिय जनगणनामा पनि हामीलाई कसैले (वास्तविकता नबुझेर कुलुङ–कुलुङबीचमै पनि) ‘कुलुङ’ मात्रै होइन, कुलुङ ‘राई !’ लेखौं भन्न सक्छन् । तर, त्यसरी ‘कुलुङ’ मात्रै नलेखेर, कुलुङ ‘राई !’ लेख्दा ‘कुलुङ’ को जनसंख्या फेरि पनि २०६८ को ११औँ राष्ट्रिय जनगणनामा जस्तै ‘राई !’ मा गाभिन जान्छ । र, कुलुङको जनसंख्या फेरि पनि कम आउँछ । २०७८ को १२औँ राष्ट्रिय जनगणनामा हामीले २०६८ मा जस्तो भूल गर्दै जातिको महलमा ‘कुलुङ राई’ नलेखौँ/नलेखाऊँ । किनभने, ‘कुलुङ’ मात्रै नलेखेर कुलुङ ‘राई !’ लेखेमा फेरि पनि हाम्रो असली कुलुङ जातीय स्वपहिचान र कुलुङको जनसंख्या कम आउनेछ । २०६८ को ११औँ राष्ट्रिय जनगणनामा पनि हाम्रा सोझासाझा कुलुङहरूलाई र कतिपय ठाउँमा त पढालेखा भनिएका र जनगणनामा खटिएका हाम्रै कुलुङ जातिका शिक्षक, शिक्षिकाहरूबाटै र, कुलुङ संघको केन्द्रीय कार्य समितिको जिम्मेवार तहमा रहेका व्यक्तिव्यहरूबाट समेत जात वा जातिको महलमा ‘कुलुङ’ मात्रै लेख्नु/लेखाउनुको सट्टा कुलुङ ‘राई !’ लेखे/लेखाए । फलतः कुलुङ ‘राई !’ लेख्ने जत्तिको सबै कुलुङको जनसंख्या ‘राई !’ मा गाभिन गयो । ०७४ को स्थानीय निर्वाचनपछि त्यस्ता केही कुलुङहरूलाई स्थानीय तहमा ‘कुलुङ’ संघको सिफारिसमा ‘उहाँको नागरिकतामा ‘राई !’ वा गाई !’ जे भएता पनि उहाँ जन्मसिद्घ रुपमै कुलुङ हो’, त्यसैले उहाँलाई अल्पसंख्यकमा राख्नु÷मनोनीत गर्नु÷गराउनु हुन अनुरोध छ ।’ भनी सिफारिस गरेर पठाएपछि नियुक्ति/मनोनीत पनि भएका छन् । त्यसैले अब उहाँहरू जस्ता व्यक्तिहरूले पनि २०६८ को जनगणनाको सन्दर्भलाई कुलुङ बारे गरेको÷भएको भूललाई जोडेर प्रचारप्रसार गर्न अग्रिम मोर्चामा आउनु पर्छ भन्ने लाग्छ, यो वेला ।

हुुन त हामी कुलुङहरूका लागि मुख्य वाधक रहेको र, २०६८ को जनगणनाको तथ्यांक आउने बेलामा कुलुङ जातिको अलग्गै तथ्यांक प्रकाशित नगर्न केन्द्रीय तथ्यांक विभाग (केतवि) लाई समेत अनेक धाक–धम्की र दबाब दिने ‘राई !’ यायोक्खा (स्मरण रहोस्, यायोक्खा भनेको बान्तावा जातिको भाषा हो । अर्थ भने मलाई थाहा भएन ।) नामक एनजिओ, समाज कल्याण परिषद् दर्ता नम्बर–२६५६, काठमाडौं जिल्ला प्रशासन कार्र्यालय/काजिका रजिस्टर्ड नम्बर–३२८/०४९/०५० का हर्ताकर्ता राई सर राईनी म्याडमहरूको पनि अब केही जोर–जुलुम ! नचल्ने भो भन्ने त कुलुङ समुदायले अलग्गै जातिगत र भाषागत रूपमा पाएको ‘जातिगत कोड–६२’ र ‘भाषागत कोड–२९’ ले प्रमाणित गरेको छ । यसले धेरथोर त्यस्तै हो, तर, १२औँ राष्ट्रिय जनगणनामा पनि कुलुङ जातिको जनसंख्या र भाषागत तथ्यांक अलग्गै रूपमा आउने पक्का भयो । त्यसैले हाम्रो वास्तविक संख्या देखाउन वा भनौँ जनगणनामा कुलुङ लेखाउन लागि परौँ । यसका लागि ‘धन हुनेले धन, जन हुनेले जन, समय हुनेले समय, दिऊँ !’ भन्ने मेरो सबै कुलुङ वन्धुहरूमा एकपटक फेरि पनि हार्दिक अनुरोध छ ।

कुलुङ अगुवाहरूले विगत ‘२१/२२ वर्षदेखि गाँठो देखिने पेन्ट र फित्तावाल चप्पल लाएर, फ्याट्ट–फ्याट्ट गर्दै हिँडेको र, कहिलेकाँही त ‘चिया–नास्तासमेत नखाई’ खटेको फल प्राप्त हुँदैछ । हुन त कतिपय कुलुङ जातिका पैसा हुनेहरूले हजारौँ–लाखौँ नगदका साथै आफ्नो अमूल्य समय दिएका छन्, बुद्घि घोटेका छन्, अनेकौँ ठाउँमा धाएका छन्, यसरी धन, समय, बुद्घि लगायतको काम गरेको/खटेको फल धन्य आज म जिउँदो हुँदै देख्न भोक्न पाउने भएँ ! तर, अझ महत्वपूर्ण कुरो बाँकी नै छ । त्यो भनेको, कुुलुङ जाति पनि ‘आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन–२०५८ को दफा २ (क) अनुसार सूचीकृत हुन’ बाँकी नै छ । हुन पनि हामीले जति नै ठूलो स्वरले कराउँदै ‘हामी कुलुङ हो, ‘राई !’ होइन’ अरू जात वा जातिसरह अलग्गै जाति हो ।’ भनेता पनि आदिवासी जनजाति सूचीमा नपरेसम्म कसैले पनि कुलुङ अलग्गै जाति हो भनेर गन्दैन/भन्दैन त्यही भएर पनि हामीले आदिवासी जनजाति सूचीमा सूचीकृत हुनका लागि विगत २०/२१ वर्षदेखि विभिन्न खाले मागहरू राख्दै, जनवकालत गर्दै र, संघर्ष गर्दै आएका हौँ/छौँ ।

त्यसो त सुरुमा हामीलाई (खासगरी मलाई) कुलुङबारे पढाउने/बुझाउने महाकुलुङको तत्कालीन गुदेल–८ नाम्लुङका भुपध्वज जस्तो आदरणीय हुनुपर्ने मान्छे पछि गएर कथित् ‘राई !’ जातिको नाममा खुलेको ‘राई यायोक्खा नामक एनजिओ (समाज कल्याण परिषद दर्ता नम्बर–२६५६, रजिस्टर्ड नम्बर–३२८/०४९/०५०)’ ले स्थापना गरेको ‘१० हजार नेपाली रुपैयाँको ‘मदनश्वरी राई पुरस्कार’मा बिके । त्यति मात्रै होइन, आपूm जिउँदो रहेसम्म कुलुङ भन्नेहरूलाई बिगार्छु, सप्रिन दिन्न ! भनी हिँडिरहेकै छन् । यसले पनि कुलुङ जाति सूचीकरण, कुलुङ जातिको भाषाको विकास, संस्कार, संस्कृति, भेषभुषा, रहनसहन, चाडपर्व, परम्परागत कानुन आदि दस्तावेजीकरणमा केही ढीला भयो, वाधा पुग्यो । किनभने, उनैलाई देखाएर अर्को पक्षले नेपाल सरकार, खासगरी तत्कालीन श्री ५ को सरकारको मातहतमा रहेको आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठाने दिने केही (सानो रकम) कुलुङलाई सीधै नदिएर राईको नाममा लान्थ्यो ।

हुन पनि अहिले त तिनै भूपध्वज तीन कदक अघि बढेर कहिले मुनु राईको नाममा, कहिले युवराज राईको नाममा, कहिले सोङघेर्वा … को नाममा, कहिले … के को नाममा कहिले … नाममा आप्mनै समुदाय अर्थात् कुलुङ विरुद्घ नानाथरी लेख्दै÷बोल्दै हिँडेका छन् । भुपध्वजको यो खालको ज्ञान, विवेक, चेतना, बुझाई र सोच हेर्दा विचरा भन्नुपर्ने हुन्छ । जे भए तापनि भूपध्वजको सो कार्यले कथित् ‘राई !’ जातिको नाममा खुलेको राई यायोक्खा नामक एनजिओका हर्ताकर्ता राई सर राईनी म्याडमहरूलाई भने ‘मुतको न्यानो’ भएको छ । फलतः राई यायोक्खाका पूर्व केन्द्रीय सदस्य, केन्द्रीय सचिव गणेश ‘राई !’ ले ‘तुवाचुङ’ नामक अनलाईन न्युज पोर्टलमा भूपध्वजका बारेमा अन्ट–सन्ट (लिम्बु भाषामा भन्नु पर्दा मेन्जोसेन्जो !’) जीवनी वा भनौं बायोग्राफी लेखी दिन्छन् । हुन पनि ‘मर्ने वेलामा कमिलाको पनि प्वाँख उम्रन्छ अरे !’ भन्छन् । तर, राई यायोक्खाका हर्ताकर्ता राई सर राईनी म्याडमहरूले ‘कुलुङ जाति विरुद्घ जत्ति नै उफ्रीपाफ्री !’ गरेता पनि, कुलुङविरुद्घ कुलुङ नै प्रयोग गरेता पनि’ जोर–जुलुम ! नचल्ने भो भन्ने त आगामी १२औँ राष्ट्रिय जनगणनामा कुलुङ जातिले पाएको जातिगत कोड–६२ र भाषागत कोड–२९ नै बताइसकेको छ ।

बुझ्नुपर्ने त भूपध्वजले नै हो । किनभने, उनी जन्मसिद्घ थोमरोस थरका कुलुङ हुन् । यसरी कुलुङविरुद्घ ‘बिगारसिङ !’ गरी हिँड्दा छोरा, नाति, पनाति, खनाति, जनाति, मनाति, …सम्मलाई कस्तो असर हुन्छ ? कुलुङ समाजको आउँदो पुस्ताले कसरी हेर्छ, भन्ने हेक्का राख्नुपर्ने थियो कि ? हुन त म आफू बाहेक यो धरतीमा जान्ने÷बुभ्mने अरू कोही छैन भन्ने अहं भएका/बोकेका भूपध्वजलाई कसले मात्रै सम्झाएन, कसले मात्रै बुझाएन ?

प्रतिक्रिया