मेगा बैक र धादिङ बाणिज्य संघ सम्झौता

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड र धादिङ उद्योग वाणिज्य संघ तथा मेगा क्यापिटल मार्केट्ससँग सहकार्य गर्ने सम्झौता भएको छ । बैंकले विपन्नवर्ग, लघु, घरेलु, साना तथा मझौला उद्यमीद्वारा सञ्चालित उद्योग तथा व्यवसायलाई प्रवद्र्धन गर्ने उद्देश्यले ती निकाय तथा संस्थासँग सहुलियतपुर्ण कर्जा उपलब्ध गराउनेसम्बन्धी सम्झौता गरेको बैंकले जनाएको छ ।

सो सम्बन्धी सम्झौतापत्रमा बैंक, बेनीघाट रोराङ गाउँपालिका, धादिङ उद्योग वाणिज्य संघ र मेगा क्यापिटल मार्केट्सका प्रतिनिधिले हस्ताक्षर गरेका छन । सम्झौताअनुसार मेगा बैंकले रोराङ गाउँपालिका, धादिङका साना किसान, व्यवसायीका साथै व्यवसाय गर्न चाहने व्यक्तिहरूलाई आफ्नो व्यवसाय विस्तार गर्नका लागि नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा निर्देशिका र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधीनमा रही सहुलियतपूर्ण कर्जा प्रदान गर्नेछ ।

कार्यक्रममा बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष, धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष तथा मेगा क्यापिटलका प्रमुख कार्यकारी अधिकृतले सेवाग्राहीहरूलाई आ(आफ्नो पक्षबाट बेनिघाट रोराङ गाउँपालिकाका उद्यमीहरूलाई सहुलियतपूर्ण ब्याज अनुदान कर्जा सेवा प्रदान गर्ने सिलसिलामा भरपूर सहयोग र सहकार्य रहने प्रतिवद्धता व्यक्त गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया