चन्द्रागिरी हिल्सको सेयर बाँडफाँड

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले निष्काशन गरेको प्राथमिक सेयर शुक्रबार बाँडफाँड हुने भएको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले उक्त सेयरको बाँडफाँड शुक्रबार गर्ने बताएको हो । क्यापिटलले आईपीओको प्रिअलोटमेन्ट भने बुधबार नै गरिसकेको छ । कम्पनीले गत २४ पुस देखि निष्काशन गरेको आईपीओमा १२ लाख बढीले आवेदन दिएका थिए ।

बिक्री प्रबन्धकका दिएको अन्तिम तथ्यांकअनुसार कूल १२ लाख ११ हजार ११५ जना आवेदकले २ करोड २८ लाख २० हजार २१० कित्ता सेयरको लागि आवेदन दिएका छन् । जुन कम्पनीले सर्वसाधारणमा माग गरेको भन्दा १६.३४ गुणा बढी आवेदन हो । कम्पनीले सर्वसाधारणमा १३ लाख ९६ हजार २२ कित्ता सेयर मात्रै माग गरेको थियो । कम्पनीले गत २४ पुस देखि १५ करोड ३४ लाख ९ हजार १०० रुपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता आईपीओ बिक्रीमा राखेको हो । जसमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३६४ कित्ता सेयर कर्मचारीहरुको लागि र ५ प्रतिशत अर्थात ७६ हजार ७ सय ५ कित्ता सामूहिक लगानी कोषहरुका लागि सुरक्षित गरेको थियो । बाँकी रहेको १३ लाख ९६ हजार २२ कित्ता सेयरमा सर्वसाधारणमा निष्काशन गरेको हो ।

प्रतिक्रिया