रावा बैंक र फोन पे सम्झौता

काठमाडौं । करदाताले राष्ट्रिय वाणिज्य (रावा) बैंक मार्फत भुक्तानी हुने कुनैपनि किसिमको कर तथा राजस्व आफ्नो मोबाईल बैंकिङ देखि सहजै भुक्तानी गर्न सक्ने भएका छन् । मोबाईल बैंकिङ मार्फत् कर तथा राजस्व भुक्तानी गर्न सकिने विषयमा रावा बैक र फोन पे पेमेन्ट सर्भिस लिमिटेडबीच सम्झौता भएको छ ।

सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ र फोनपेका प्रमुख टेक्नोलोजी अफिसर दिवस सापकोटाले हस्ताक्षर गरेका हुन । करदाताले आन्तरिक राजस्व विभाग अन्तरगतका कुनैपनि राजस्व कार्यालयले संकलन गर्ने मूल्य अभिवृद्धि कर (भ्याट), सम्पत्ति कर, व्यवसाय कर तथा अन्य शेवा शुल्क मोबाईल बैंकिङबाट सहजै भुक्तानी गर्न सक्ने पनि बताइएको छ ।

मोबाईल बैंकिङ प्रयोगकर्ताले मोबाईल बैंकिङ लगअन नै नगरि बाहिर रहेको मर्चेन्ट पेमन्टको अप्सनमा गइ रेभिन्यूमा क्लिक गर्ने र त्यहाँ रहेको सरकारी राजस्व करमा क्लिक गरि करदाता संकेत नम्बर तथा अन्य विवरण भरेर सहजै भुक्तानी गर्न सकिने पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया