नेकपा बाग्मती प्रदेश अध्यक्ष दाहाललाई कारबाही, आनन्द पोखरेललाई अध्यक्षको जिम्मेवारी

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टीको विभाजनसँगै एक पक्षले अर्को पक्षलाई कारबाही गर्ने क्रम तीव्र बनेको छ । यसै क्रममा नेकपाको केपी शर्मा ओली पक्षले बाग्मती प्रदेश कमिटीका अध्यक्ष नारायण दाहाललाई कारबाही गरेकोे छ ।

दाहाललाई कारबाही गरेपछि सो कमिटीको अध्यक्षमा आनन्द पोखरेल र सचिवमा खेम लोहनीलाई चयन गरिएको छ । भक्तपुरमा आयोजित बाग्मती प्रदेश संगठन कमिटीको चौथो विस्तारित बैठकमा यसबारे जानकारी दिइएको हो ।

ओली पक्षले बाग्मती प्रदेशका जिल्लाहरुमा अध्यक्षसमेत चयन गरेको छ । जसअनुसार काभ्रेमा अशोक व्यान्जु, रामेछापमा आनन्द श्रेष्ठ, धादिङमा भूमि त्रिपाठी, मकवानपुरमा एकलाल श्रेष्ठ र सिन्धुलीमा प्रदीप कटवाल चयन भएका छन् । बैठकले माघ २३ गते पार्टीले काठमाडौंमा जनसभा गर्ने र सो कार्यक्रमका लागि कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा ११११ जनाको कमिटी घोषणा गरेको छ ।

प्रतिक्रिया