त्रिवि शिक्षण अस्पतालमा बिरामीको मृत्यु, डाक्टरमाथि कुटपिट

काठमाडौं । उपचारको क्रममा त्रिवि शिक्षण टिचिङ) अस्पताल महाराजगञ्जमा बिरामीको मृत्यु भएपछि आफन्तद्वारा डाक्टरमाथि कुटपिट भएको छ ।

आज उपचारको क्रममै बुटवलका ६२ वर्षीय एक बिरामीको आइसीयुमा भएपछि मृतकका आफन्तहरुले डाक्टर सविन भण्डारीमाथि गालीगलौजका गर्नुका साथै कुटपिट गरेको बताइएको छ ।

गत आइतबार राति ती बिरामीको मृत्यु भएको अस्पतालका कोभिड संयोजक डा. सन्तकुमार दासले बताए । त्यही समय पनि आफन्तले ड्युटीमै रहेको बेला डाक्टरमाथि कुटपिट गरेको र आज पनि फेरि डा. भण्डारीमाथिमाथि कुटपिट गरेको बताइएको छ । घटनाबारे अनुसन्धान भइरहेको अस्पतलले जनाएको छ ।

प्रतिक्रिया