ललितपुरको चाँगाथलीमा घरभित्रै मृत भेटिए दम्पती

काठमाडौं । उपत्यकामा फेरि एक दम्पती घरभित्रै मृत भेटिएका छन्। ललितपुरको महालक्ष्मी नगरपालिका ७, चाँगाथलीमा डेरा गरी बस्ने राजविराज घर भएका ३२ वर्षीय सागर पोखरेल र उनकी श्रीमती निर्मला पोखरेल सोमबार मृत भेटिएका हुन्।

महानगरीय प्रहरी परिसर ललितपुरकी प्रमुख (एसएसपी) किरण बज्राचार्यले दम्पती मृत भेटिएको र अहिले घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको बताइन्। उनले कोठाभित्र स्लफर नामको विषादीको बट्टासमेत फेला परेका कारण आत्महत्या गरेका हुनसक्ने भन्दै अनुसन्धान सोही दिशामा केन्द्रित गरेको बताइन्। केही दिनअघि काठमाडौँको टोखामा पनि दम्पती मृत भेटिएका थिए।

प्रतिक्रिया