निशान र एलिनाको ‘ओई प्यारी’

काठमाडौं । गीतकार अनिश घिमिरेको शब्द रचना रहेको नयाँ गीत ‘ओई प्यारी’ को भिडियो सार्वजनिक भएको छ । गायक निशान भट्टराई र गायिका एलिना चौहानको आवाज रहेको गीतमा संगीतकार अनिल बिरहीले संगीत भरेका छन् ।
गायिका एलिनाकै युट्युबबाट सार्वजनिक भएको गीतलाई गीतमा एक प्रेम जोडीको प्रेमिल भावलाई प्रस्तुत गरिएको छ ।

प्रेमिकालाई घरमा बस्न र आफु जन्ती लिएर आउने विषयलाई गीतमार्फत व्यक्त गरिएको छ । ‘रुमाल चिनो छ, सुन्दर नेपाल, चाँदनी, इलाम बजार, हाँस्य खोजे लगायतका दर्जनौँ गीतमा संगीत भरेका अनिलले गीतले दर्शक स्रोताको मन जित्नेमा आफू विश्वस्त भएको बताए । ‘ओई प्यारी’ बोलको गीतमा केबी भण्डारीको एरेञ्ज रहेको छ । गीतकार अनिशले गीतको भावानुसार नै गायक गायिका छानिएको बताउँदै भने, ‘गीतहरु थुप्रै लेखेको छु ।

तर, असाध्यै मनपरेको शब्दलाई गीत रेकर्ड गरेको हो । दर्शक तथा स्रोताले मन पराइरहनुभएको छ । यसैमा खुसी रहेको छु ।’ सार्वजनिक गीतको भिडियोमा टीका जैसी र अज्ञात सायरको अभिनय छ । विक्रम चौहानले निर्देशन गरेको भिडियोलाई प्रकाश खड्काले खिचेका हुन् ।

प्रतिक्रिया