खोजखबर

निर्वाचन आयोगले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति भण्डारीलाई बुझायो

सौर्य अनलाइन २०७७ माघ ५ गते १६:१६ मा प्रकाशित

काठमाडौं । निर्वाचन आयोगले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आयोगका तर्फबाट प्रतिवेदन बुझाएको जानकारी दिए ।

योसँगै आयोगले सरकारले आगामी वैशाख १७ र २७ गते निर्धारण गरेको मध्यावधि निर्वाचनको खर्चबारे छ्लफल तीव्र पारेको छ । श्रेष्ठले आइतबारदेखि यस विषयमा अर्थमन्त्रालयका अधिकारीहरुसँग छलफल सुरु गरेको बताए ।

श्रेष्ठका अनुसार यो निर्वाचनका लागि करिव ८ अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान आयोगले गरेको छ । तर खर्चबारेको अन्तिम निचोडसहित अर्थ मन्त्रालयमा पत्र पठाउन बाँकी रहेको उनको भनाइ छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय