सानो त्रुटीमा पनि लाभग्राहीलाई सास्ती

काठमाडौं । भुकम्पपीडित लाभग्राहीलाई साना साना त्रुटिमा पनि ठूलै मर्का पर्ने गरेको पाइएको छ । ललितपुर गोदावरी नगरपालिका–११ का कृष्णबहादुर श्रेष्ठ यसको प्रतिनिधि पात्र हुन । २०७२ वैशाख १२ मा गएको शक्तिशालि भूकम्पका कारण श्रेष्ठको घर पूर्णरूपमा क्षति भयो ।
पुनः निर्माणका लागि १४ मंसिर २०७३मा राष्टिय पुनः निर्माण प्रधिकरण र श्रेष्ठबीच घर निर्माणको लागि सम्झौता भएको थियो । सम्झौता बमोजिम पहिलो किस्ताको रकम श्रेष्ठले प्राप्त गरे । दोस्रो किस्ता प्राप्त गर्ने उनले ठूलै सास्ती विहोर्नु प¥यो । कारण थियो उनको सम्झौता पत्रमा क्रमकंन नम्बर छुटेको रहेछ ।

उक्त सम्झौता पत्र लिएर आफू तारन्तार धाइरहेको श्रेष्ठ बताउछन् । पुनः निर्माण प्राधिकरणमा पटक– पटक गएको तथा त्यहाँका कर्मचारीहरुले धृेरै पटक सानो गल्तीकै कारण कार्यालय धाइरहन पर्ने बनाएको श्रेष्ठको गुनासो छ । कतिपय कर्मचारीले त उनको कुरै समेत नसुनेको उनी बताउँछन् ।

२३ साउन २०७७ टीआई नेपालको सहयोगमा आयोजना गरिएको गुनासो संकलन कार्यक्रममा श्रेष्ठले आफ्नो गुनासो टिपाए । त्यसपछि भने उनले त्यती धेरै सास्ती व्यहोर्नु परेन । उक्त गुनासो अनुसार २५ साउन २०७७ मा जिल्ला आयोजना कार्यन्वयान ईकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार (जिम्माली) ललितपुरमा फोनमार्फत गराइएको जानकारी अनुसार जिम्मालीबाट क्रमांकन नम्बर उपलब्ध भएको थियो । क्रमांकन नम्बर पाएकोमा धन्यवाद दिदै श्रेष्ठले घर निर्माण कार्य पुनः सुचारु गर्ने बताए ।

प्रतिक्रिया