२०२१ मा दीपिकाका ६ चलचित्र

मुम्बई । बलिउड अभिनेत्री दीपिका पादुकोणले सन् २०२१ मा ६ वटा चलचित्रमा काम गर्ने भएकी छन् । कोरोना संक्रमणका कारण सन् २०२० चलचित्र क्षेत्रका लागि निकै निराशको वर्षको रुपमा रहन गयो । २०२१ को सुरुवात्सँगै यो क्षेत्रले क्रमशः गति लिन थालेको छ । यसैबीच अभिनेत्री दीपिकाले यो वर्ष एकसाथ ६ चलचित्रमा काम गर्ने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

उनले अभिनेता शाहरुखको ‘पठान’, सिद्धान्त चतुवेद्वीसँग शकुन बत्राको आगामी चलचित्र, द इन्टर्न, महाभारत, प्रभासका साथ दक्षिण भारतीय रिमेक चलचित्र, हाउसफुल ५ गरी ६ चलचित्रमा काम गर्ने जनाइएको छ ।

यी सबै चलचित्रमा उनी फरक फरक कलाकारसँग काम गर्दैछिन् । अभिनेत्री दीपिकाले भने कम्तीमा पनि दुई वटा प्रोजेक्ट यस वर्ष पूरा गर्ने बताएकी छन् । साथै उनले योजनाबद्ध रुपमा काम गर्ने गरी आफ्नो सेडुअलसमेत बनाइसकेको जनाइएको छ ।

प्रतिक्रिया