कर्ण बन्दै शाहिद

मुम्बई । बलिउड अभिनेता शाहिद कपुर महाभारतका पात्र सूर्यपुत्र कर्णमाथि बन्ने चलचित्रमा काम गर्ने बताइएको छ । उनले कर्णको भूमिकामा काम गर्ने जनाएको छ । हुनत शाहिदले चलचित्रमा आफूलाई विभिन्न भूमिकामा प्रस्तुत गर्दै आएका छन् । कबिर सिंहदेखि पद्मावतका रतन सिंहसम्मको उनको अभिनयलाई दर्शकले निकै रुचाएको पाइन्छ । भारतीय सञ्चार माध्यमका अनुसार शाहिदले एकपटक पुनः ठूलो प्रयोग गर्ने भएका छन् । उनले ‘रंग दे बसन्ती’ निर्देशक राकेश ओमप्रकाश मेहरासँग हात मिलाएका छन् । राकेशले महाभारतका पात्र सूर्यपुत्र कर्णमाथि एक चलचित्र बनाउन चाहेका छन् । उनी महाभारतको कथा कर्णको दृष्टिकोणले बताउन चाहन्छन् । उनले कर्णको भूमिकामा शाहिदसँग कुरा गरेका छन् । उनले शाहिदले चलचित्रमा कर्णको भूमिका निभाउन भन्ने चाहेका छन् । भारतीय सञ्चार माध्यमका अनुसार यो निर्देशक राकेशको एक ड्रिम प्रोजेक्ट हो र उनी लामो समयदेखि चलचित्र बनाउन चाहन्थे ।

राकेशले आफ्नो यो मेगा बजेट चलचित्रका लागि निर्मातासमेत भेटी सकेका छन् । यसैबीच अभिनेता शाहिदले पनि चलचित्रमा काम गर्ने स्वीकृति दिइसकेको जनाइएको छ । यस वर्षको अन्त्यसम्म चलचित्रको छायांकन सुरु गरिने सम्भावना रहेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । शाहिद हाल चलचित्र ‘जर्सी’ का लागि छायांकनमा व्यस्त छन् । क्रिकेटरको जीवनी आधारित उक्त चलचित्रका लागि शाहिदले निकै मिहिनेत गरिरहेका छन् । सो चलचित्र यसैवर्ष प्रदर्शनमा आउने सम्भावना रहेको छ ।

प्रतिक्रिया