महँगोमा बेचियो ‘डिसेम्बर फल्स’

काठमाडौं । चलचित्र ‘डिसेम्बर फल्स’ को युट्युब र अस्ट्रेलिया प्रदर्शन अधिकार एजुकेसन एण्ड माइग्रेसन कर्नरले खरिद गरेको छ । आइतबार पोखराको बिन्दबासिनी मन्दिरमा पूजाआजा गरी मुर्हत गरिएको चलचित्रको सोमबारबाट छायांकन सुरु हुँदैछ । छायांकन सुरु नहँुदै चलचित्रको अस्ट्रेलिया प्रदर्शन र युट्युब राइट महँगो रकममा बिक्री गरिएको निर्माण पक्षले जिकिर गरेको छ । कति रकममा बिक्री गरिएको हो, त्यो भने खुलाइएको छैन ।

अस्ट्रेलियामा चलचित्र प्रदर्शनसँगै विविध सांस्कृतिक कार्यक्रमसमेत आयोजना गर्दै आइरहेको एजुकेसन एण्ड माइग्रेसन कर्नरका प्रम्ुख सुनील उप्रेतीले ‘डिसेम्बर फल्स’ को टिम, कलाकार तथा विषयवस्तु राम्रो लागेकाले राइट किनेको जानकारी दिए । चलचित्रको टिजर, गीत, प्रोमो तथा फिल्म नेप आर्ट नामक युट्युब च्यानलमा हेर्न पाइने जनाइएको छ । चलचित्र आगामी १ साउनमा नेपाल र अस्ट्रेलियामा एकसाथ प्रदर्शन हुने जानकारी कार्यकारी निर्माता लक्ष्मण रिजालले दिए ।

प्रवीण झाको निर्देशनमा रामप्रसाद रिजालको प्रस्तुति, लक्ष्मण रिजाल कार्यकारी निर्माता र रामकुमार भट्ट निर्माता रहेको यस चलचित्रमा अभिनेता आर्यन सिग्देल, अभिनेत्री उपासना सिंह ठकुरी, सुमन थापा रोहित, सलोन बस्नेत, दयाराम दाहाल, नरेश भट्टराई लगायतका कलाकारले अभिनय गर्दैछन् । बिपिका खनालले लेखेको चलचित्रको कथामा केदार भुसालको पटकथा र संवाद रहेको छ । चलचित्रको छायांकन महेश आर गुप्ताले गर्ने निर्माण पक्षले जनाएको छ । रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण हुने चलचित्रको अधिकांश दृश्य पोखरामा खिचिने बताइएको छ ।

प्रतिक्रिया