‘कौन बनेगा करोडपति’ छोड्दै अमिताभ

मुम्बई । बलिउड अभिनेता अमिताभ बच्चनले ‘को बन्छ करोडपति’ कार्यक्रम छोडेका छन् । उनले गएको हप्ता ‘को बन्छ करोडपति १२’ को अन्तिम शृंखलाको छायांकन सकाएका हुन् । भारतीय सञ्चार माध्यमका अनुसार अमिताभको यही अन्तिम शृंखला रहेको जनाइएको छ । अभिनेता अमिताभले पनि आफ्नो ब्लगमार्फत् यस बारेमा जानकारी दिएका छन् । उनले लेखेका छन्, ‘म थकित छु र रिटायर्ड पनि । क्षमा गर्नुस् । केबिसीको यो अन्तिम छायांकन निकै लामो रह्यो । भोलि जे पनि हुनसक्छ । तर याद राख्नुस् काम भनेको काम नै हुन्छ । आफ्नो काम इमानदारिपूर्वक गर्नुपर्छ ।’

उक्त कार्यक्रमको अन्तिम शृंखलाको छायांकनबाट आफूले राम्रो बिदाइ पाएको भन्दै उनले लेखेका छन्, ‘यो अन्तिम सुटिङसँगै तपाईंहरूको स्नेह र प्रेमले मलाई बिदाइ ग¥यो ।’ उनले ‘कौन बनेगा करोडपति’ को टोलीले एक अर्काको निकै ख्याल राख्ने र कडा परिश्रम गर्ने गरेको बताउँदै यो सेटबाट टाढिन गार्ह्रो भएको उल्लेख गरेका छन् । केबिसीसँगको सहकार्यले धेरै माया, हेरचाह र स्नेहले आफू गदगद भएको भन्दै अमिताभले आफ्नो ब्लग टुंग्याएका छन् । उनी आफ्ना प्रशंसक र शुभचिन्तकसँग विभिन्न सामाजिक सञ्जालबाट जोडिइरहेका हुन्छन् । यसैबीच ७८ वर्षीय अमिताभको अभिनयमा बनेको चलचित्र ‘मेडे’ र ‘ब्रह्यमास्त्र ’ सार्वजनिक हुने तयारीमा छन् ।

प्रतिक्रिया