नेप्सेमा नयाँ कीतिमान

काठमाडौं । सेयर बजार सूचक नेप्से परिसूचकले २ हजार ३ सय नाँघेर कीर्तिमानी उचाइ कायम गरेको छ । साताको पहिलो दिन आइतबार २८ दशमलव ४६ अंकले बढेर नेप्से २ हजार ३ सय १५ बिन्दूमा पुगेको हो । जस्को कारण ६ अर्ब ३७ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

१६ कम्पनीका सेयर ९ प्रतिशतभन्दा बढीको वृद्धिले नेप्सेलाई उच्चतम् बिन्दूमा पु¥याउन बल पुगेको हो । १६ कम्पनी मध्ये साल्ट ट्रेडिङ कर्पोरेशनको सेयर १० प्रतिशतले बढेर रोकिएको थियो । त्यसरी बढ्नेमा लघुवित्त र विकास बैंकका सेयर रहेका छन । नारायणी डेभलपमेन्ट बैंक, गुराँस लघुवित्त, सामुदायिक लघुवित्त, कर्पोरेट डेभलपमेन्ट बैंक, किसान लघुवित्त, महिला सहयात्रा माइक्रोफाइनान्स, आरम्भ चौतारी लघुवित्त, मञ्जुश्री फाइनान्स, गरिमा विकास बैंक, कामना सेवा विकास बैंक लगायतका कम्पनीको सेयर ९ प्रतिशतबन्दा बढीले वृध्दि भएको छ ।

प्री ओपनीङ सेसनबाटै २ हजार ३ सय रुपैया नाँघेको नेप्से परिसूचक अन्तिम कारोबारसम्म कायम रहेको छ । आइतबारको कारोबारमा जलविद्युत समूहबाहेक सबै समूहको परिसूचक धनात्मक रहेको छ । जलविद्युत समूहको परिसूचक ७ दशमलव २ अंकले घटेको छ । ट्रेडिङ समूहको परिसूचक ९ दशमलव २४ प्रतिशतले बढ्यो । विकास बैंक, फाइनान्स र माइफ्रोफाइनान्स समूह परिसूचकमा उच्च वृद्धिद भएको छ । २ सय ३२ अंकले बढेको ट्रेडिङ समूह २ हजार ७ सय ५३ बिन्दूमा कायम रहेको छ । विकास बैंक समूह ४ प्रतिशतले बढेर २ हजार ५ सय ९७ अंक पुगेको छ । जीवन बिमा र निर्जिवन बीमा समूह दुवैमा सामान्य वृद्धि रहेको छ ।

प्रतिक्रिया