चेल्सीको साँघुरो जित

लण्डन । प्रिमियर लिग फुटबलमा चेल्सीले साँघुरो जित निकालेको छ । शनिबार भएको खेलमा चेल्सीले फुलहम माथि १(० को जित निकालेको हो । घरेलु टोली पहिलो हाफमै १० खेलाडीमा सीमित बनेको थियो । एन्टोनी रविन्सन रातो कार्ड खाँदै पहिलो हाफको अन्तिम मिनेटमा मैदान बाहिरिएका थिए ।

७८औं मिनेटमा मिसन माउन्टले चेल्सीका लागि विजयी गोल गरे । पछिल्ला चार खेलमा चेल्सीले पहिलो जित निकालेको हो । जितसहित चेल्सी २९ अंक जोड्दै तालिकाको सातौं स्थानमा उक्लियो । फुलहम १२ अंकसहित रेलिगेसन जोनमै छ ।

प्रतिक्रिया