राष्ट्रव्यापी स्नुकर प्रतियोगिता हुँदै

काठमाडौं । अजिमा स्नुकर हाउसको आयोजनामा चौथो संस्कराणको चक्र लामा एन्ड किसन लामा मेमोरियल अल नेपाल ओपन स्नुकर र्याङकिङ च्याम्पियनसिप यसै महिनाको अन्त्यमा हुने भएको छ । आयोजक अजिमा स्नुकर हाउसले आइतबार राजधानी पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता २८ माघदेखि फागुन २२ सम्म हुने जानकारी गराएको हो । प्रतियोगितामा ५० जिल्लाबाट २ सय ५६ जना खेलाडी सहभागी हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले २ लाख ११ हजार ५ सय रुपैया हात पार्नेछन् । दोस्रो हुनेले ८१ हजार तथा सेमिफाइनलमा पराजित हुने बाँकी दुई जनालाई समान २५ हजार ५ सय प्रदान गरिनेछ । यस्तै ग्रान्ड पुरस्कारतर्फ १४७ ब्रेक गर्नेलाई १० लाख प्रदान गरिने आयोजकले जनाएको छ । हाइएस्ट ब्रेक ८० स्कोर पार गर्नेले २१ हजार ५ सय रुपैया हात पार्नेछ । सेन्चुरी ब्रेक गर्नेलाई २५ हजार रुपैया प्रदान गरिनेछ । उत्कृष्ट खेलाडी अर्थात कि एन्ड किउ बक्स टप १६ लाई ११ हजार ५ सय प्रदान गरिनेछ । प्रतियोगितालाई नेपाल विलियर्ड, स्नुकर तथा पुल संघले पुर्ण रुपमा सहयोग गरेको छ ।

प्रतिक्रिया