असहाय तथा अशक्तलाई कम्बल वितरण

विराटनगर । नेपाल वैश्य युुवासंघ मोरङले घरवारविहीन भएर सडक पेटीमा बस्दै आएका अशक्त तथा बेसाहारालाई आइतबार न्यायो कपडा कम्बल वितरण गरेको छ । विराटनगरका विभिन्न स्थानका सडक पेटीमा वस्दै आएका तथा मागेर जीवन गुुजारा गरिरहेको २० जना अशक्त तथा असहायलाई वैश्य युुवासंघले कम्बल वितरण गरेको हो ।

संघका अध्यक्ष गणेशकुुमार साहले उनीहरूलाई कम्बल वितरण गरेका हुन् । केही दिनदेखि अत्यधिक चिसो बढेपछि विराटनगर बसपार्क, शनी मन्दिर, कोसी अस्पताल, तिनपैनी तथा नोबेल अस्पताल चोक लगायतका स्थानमा अशक्त असहायलाई कम्बल वितरण गरेको साहले बताए ।

प्रतिक्रिया