करैयामाई पाचौँ पिपरा गोल्ड कपको पत्रकार सम्मेलन सम्पन्न

बारा । बाराको करैयामाई गाउँपालिकाको कार्यालय करैया बाराको सभाहलमा आज करैयामाई पाचौँ पिपरा गोल्ड कप फुतबल प्रतियोगिताको पत्रकार सम्मेलन सम्पन्न भएको छ ।

सृजनशील युवा क्लब पिपरा बाराको अध्यक्ष बृजमोहन चौधरीको सभापत्तित्वमा भएको सो पत्रकार सम्मेलनमा करैयामाई गाउँपालिकाको आर्थिक सहयोग र सृजनशील युवा क्लब पिपरा बाराको आयोजनामा करैयामाई गाउँपालिका– ७ मा रहेको पछगचिया खेल मैदानमा मिति २०७७-११-६ गते देखि १५ गते सम्म पाचौँ करैयामाई पिपरा गोल्ड कप हुन लागेको क्लबका अध्यक्ष बृजमोहन चौधरीले आज पत्रकार सम्मेलन गरी जनाकारी गराए ।

कुल २१ लाखको लागतमा सो खेलकुद प्रतियोगिता गराउन लागेको क्लबको अध्यक्ष चौधरीले बताए । सो पिपरा गोल्ड कपमा कुल दस टिमको सहभागिता रहने समेत उनले जनाकारी गराए ।

उक्त गोल्ड कपमा सहभागी टिमहरू बिरगंज युथ क्लब बिरगंज, बिरगंज युनाईटेड क्लब बिरगंज, बाग्मति ११, सर्लाही ११, सशस्त्र प्रहरी दुई नम्बर बाहिनी बर्दिबास, सिरहा ११, हेटौँडा ११, मकवानपुर युनाईटेड क्लब, सिमरा र आयोजक सृजनशील युवा क्लब पिपरा बाराका ख्यातिप्राप्त फुटबल टिमहरूको सहभागिता रहने र फाईल खेलको अघिल्लो दिन मैत्रीपूर्ण महिला फुतबल खेल हुने आयोजकले जनाएको छ ।

प्रथम पुरस्कार दुई लाख पचास हजार सिल्ड मेडल र प्रमाणपत्र, दोस्रो पुरस्कार एक लाख पचास हजार सिल्ड मेडल र प्रमाण पत्र प्रदान गरिने पत्रकार सम्मेलन मार्फत आयोजकले जनाकारी दिएको हो ।

गाउँपालिका अध्यक्ष भुनेश्वर धामीको प्रमुख आतिथ्यतामा भएको सो पत्रकार सम्मेलनमा गाउँपालिकाकी उपाध्यक्ष चित्ररेखा कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहा, गाउँ शिक्षा समिति सदस्य बिरेन्द्र चौधरी, श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय पिपराका प्रधानाध्यापक रामजच्चु चौधरी, वडा नं. २ का वडा अध्यक्ष सुरेन्द्र चौधरी, सहजनाथ वन साझेदारीको अध्यक्ष मुस्ताक अन्सारी सञ्चारकर्मीहरू लगायतको उपस्थिति रहेको थियो । भने कार्यक्रमको सञ्चालन क्लबका सहसचिव जितेन्द्र चौधरीको रहेको थियो ।

प्रतिक्रिया