रंग‍-विविध

गीतमा प्रेम र वियोग

सौर्य अनलाइन २०७७ माघ ४ गते ८:२२ मा प्रकाशित

काठमाडौं । गायिका सिर्जना कार्कीको नयाँ गीत ‘फक्रिन नसकेको फूल’ सार्वजनिक भएको छ । गायिका कार्कीकै शब्द, संगीत, स्वर र प्रस्तुति रहेको गीत युट्युबमार्फत् सार्वजनिक गरिएको हो । प्रेम र वियोगमा आधारित यस गीतको भिडियो निर्देशन भीम मगरले गरेका छन् । जीवनजंग थापा र गायिका कार्कीको अभिनय रहेको भिडियोको छायांकन प्रवीन लिम्बूले गरेका छन् ।

ए वन म्युजिसियन स्टुडियोमा रेकर्ड गरिएको गीतमा किशोर थापाको मिक्सिङ र मास्टरिङ रहेको छ भने रेकर्डिस्ट राजेश श्रेष्ठ हुन् । मिलन विक्रम शाहले सम्पादन गरेको गीतको भिडियोमा विभिषण महर्जनले ड्रोन चलाएका छन् भने सीता पराजुलीको मेकअप रहेको छ । गायिका कार्कीले गीतमार्फत् दर्शकलाई फरक स्वाद दिन खोजेको जिकिर गरिन् ।

उनले गीतको अडिओ पक्ष अत्यन्तै सबल रहेको जनाउँदै भनिन्, ‘अहिलेको चलेको गीतभन्दा ‘फक्रिन नसकेको फूल’ निकै फरक रहेकाले दर्शकले मनपराइदिनेमा विश्वस्त छु ।’ गायिका कार्कीका यसअघि ‘मनको राजा’, ‘रोजेको मैले’ लगायत गीत निकै चलेका थिए ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय