‘तिम्रो छातिभित्र मुटु चल्छ मेरो’ सार्वजनिक

काठमाडौं । गायिका सृष्टि हिङमाङ र गायक मिथुन शिवाको स्वर रहेको गीत ‘तिम्रो छातिभित्र मुटु चल्छ मेरो’ को भिडियो सार्वजनिक भएको छ । गीतमा मिथुन शिवा शब्द तथा सृष्टि हिङमाङको संगीत रहेको छ । प्रेमिल भावको यस गीतमा सिर्जना निङ्लेकु र पर्शुराम राईलाई फिचर्ड गरिएको छ ।

जसमा प्रेम गर्नको लागि कुनै जात, धर्म, उमेर, वर्ण आदिले छेक्न नसक्ने भाव प्रकट गरिएको छ । कलाकार सिर्जनाले बेलायत जानुअघि पनि नेपालमा करिब ३ दर्जन बढी म्युजिक भिडियोमा काम गरिसकेकी छन् । बेलायत पुगेको तीन वर्षमा नै उनी ब्लगरका रुपमा समेत चिनिएकी छन् । बेलायतका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको गीतको भिडियोलाई बेलायतमा नै आफ्नो कर्मथलो बनाएका सञ्चारकर्मी कुशल श्रेष्ठले छायांकन, सम्पादन र निर्देशन गरेका हुन् ।

आशिष श्रेष्ठको सह–छायांकन रहेको गीतको भिडियोमा मेकअप आर्टिस्टका रुपमा दीपिका श्रेष्ठ तथा बालकलाकारमा काव्या श्रेष्ठ र अतिथि कलाकारका रुपमा निलम मल्लले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

प्रतिक्रिया