खोजखबर

अमेरिकामा महाभियोग खेपेका राष्ट्रपतिहरू इतिहास

एजेन्सी २०७७ माघ ४ गते ७:४२ मा प्रकाशित

राष्ट्रपति डोनल्ड ट्रम्प अमेरिकाको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सले दुईपटक महाभियोग लगाउने इतिहासकै पहिलो राष्ट्रपति बनेका छन् । उनीसहित अहिलेसम्म तीन जनाले अमेरिकाको संसद्मा महाभियोग खेपेका छन् भने एक जनाले महाभियोगको मुखमा परेपछि पदत्याग गरेका थिए । ट्रमसँगै अरू दुई राष्ट्रपतिलाई महाभियोग लगाइएको थियो । त्यसपछिका कारण र इतिहास यस्तो छ : एन्ड्रू जोनसन अमेरिकाको इतिहासमा महाभियोग लाग्ने प्रथम राष्ट्रपति हुन् । गृहयुद्धको छायामा डेमोत्र्mयाट राष्ट्रपति एन्ड्रू जनसनले दक्षिणी अमेरिकालाई कसरी पुनः एकीकरण गर्ने भन्ने विषयमा रिपब्लिकनहरूको बाहुल्य रहेको कंग्र्रेससँग लगातार विवाद गरेका थिए । त्यस बेलाका कट्टरपन्थी रिपब्लिकनहरूले पूर्वकन्फेडरेट नेताहरूलाई दण्डित गर्न र मुक्त गरिएका दासहरूको अधिकार रक्षाका लागि कानुन अघि सारे । जनसनले रिपब्लिकनहरूको प्रत्येक प्रयास रोक्न ‘भिटो’ अर्थात् राष्ट्रपतीय विशेषाधिकार प्रयोग गरे ।

मार्च महिनामा कंग्रेसले सिनेटको अनुमोदनविना राष्ट्रपतिले मन्त्रिपरिषद् सदस्यलाई बर्खास्त गर्न नसक्नेगरी राष्ट्रपतिको अधिकार कटौती गरिएको कानुन ‘टेन्यर अफ अफिस एक्ट’ बनाइयो । कंग्रेस अधिवेशन स्थगित भएका बेला त्यसलाई चुनौती दिँदै जनसनले आफ्ना राजनीतिक प्रतिद्वन्द्वी र मन्त्रिपरिषद् सदस्य एविन स्ट्यान्टनलाई निलम्बन गरे । तर, त्यसको प्रतिवादमा स्ट्यान्टनले कार्यालय छाड्न अस्वीकार गर्दै आफूलाई कार्यालयभित्र बन्द गरे । त्यसपछि तल्लो सदनका रिपब्लिकनहरूले हतारमा महाभियोगको प्रस्ताव तयार पारे । मतदान भएपछि त्यो प्रस्ताव माथिल्लो सदन सिनेटमा प्रस्तुत भयो । तर, महाभियोग पारित हुन आवश्यक दुईतिहाइ मतका लागि एक सांसदको समर्थन नपुगेर उनी जोगिएका थिए ।

आफूविरुद्ध महाभियोग पारित नभएपछि उनी भावुक भएर रोएको र आफ्नो प्रतिष्ठा पुनः स्थापित गर्ने वाचा गरेको त्यहाँको इतिहासमा उल्लेख छ । तर त्यसो हुन सकेन । उनले आफ्नो बाँकी कार्यकाल त पूरा गरे तर अन्तिमतिर फेरि महाभियोगअघि जस्तै शक्तिसंघर्ष भयो । अन्ततः सन् १८६९ को निर्वाचनमा डेमोत्र्mयाटहरूले ह्वाइट हाउसको सत्ता गुमाए । रिपब्लिकन दल विजयी भयो । अमेरिकाले उनकै कार्यकालमा सन् १९६७ मा अलास्का ७२ लाख डलर तिरेर किनेको थियो । उनी विपन्न राष्ट्रपति थिए । उनले विद्यालय गएर अध्ययन गरेका थिएनन् । उनलाई वासिंगटन डिसीस्थित डेमोत्र्mयाटिक पार्टीको मुख्यालय रहेको वाटरगेट भवनमा सन् १९७२ मा भएको चोरीका कारण महाभियोग लगाइएको हो । अनुसन्धानहरूबाट वाटरगेटमा छिरेका चोरहरूले निक्सनको पुनःनिर्वाचन अभियानबाट रकम लिएको रहस्योद्घाटन भएको थियो । त्यसमा ह्वाइट हाउसका उच्च अधिकारीहरूको संलग्नता देखियो ।

निक्सनले उक्त षड्यन्त्रमा आफ्नो भूमिका नभएको देखाउन झन्डै दुई वर्ष निकै संघर्ष गरे । तर ती रिपब्लिकन राष्ट्रपतिको प्रयास निरर्थक बन्यो । अगस्ट १९७४ मा तल्लो सदनको न्यायिक समितिले महाभियोग प्रस्ताव तयार गरेपछि उनी ओभल अफिसका रिकर्डिङहरू उपलब्ध गराउन बाध्य भए । तिनमा उनले वाटरगेट भवनमा भएको चोरीको अनुसन्धान रोक्न संघीय जाँच ब्युरोलाई आदेश दिन आफ्ना कर्मचारीलाई अह्राएको सुनिन्छ । ढाकछोप गर्ने निक्सनको अन्तिम प्रयास त्यहीँ अन्त्य भयो ।

जुलाई २७ मा न्यायिक समितिले निक्सनले न्यायमा अवरोध, शक्तिको दुरुपयोग र संसद्को अपमान गरेको अभियोगको पक्षमा मतदान गर्दै पूर्ण बैठकमा पठाउने निधो ग¥यो । तर मतदान भएन । राजीनामा घोषणा गरेपछि रिचर्ड निक्सनले आफ्ना कर्मचारी र सहयोगहरूसँग बिदा मागेका थिए । सन् १९७४ अगस्ट ८ मा उनले राजीनामा दिए । अमेरिकाको इतिहासमा अहिलेसम्म राजीनामा दिएर पदत्याग गर्ने उनी एक मात्र राष्ट्रपति हुन् ।

आफूले कहिल्यै पराजय स्वीकार नगरेको भन्दै उनले राजीनामा घोषणा गर्दा कार्यकाल सकिनुअघि नै पद छोड्नु आफ्नो इच्छा नभए पनि अमेरिकाको हितलाई प्राथमिकतामा राख्नु परेको बताएका थिए । निक्सनले पदत्याग गरेको ६ सातापछि उपराष्ट्रपति जेरल्ड फोर्ड राष्ट्रपति बने । फोर्डले निक्सनलाई पदासीन हुँदा गरेका सबै अपराधका लागि क्षमादान दिए ।
झन्डै दुई वर्षपछि भएको निर्वाचनमा फोर्ड डेमोत्र्mयाटिक पार्टीका जिमी कार्टरसँग पराजित भए । निक्सनले कहिल्यै कुनै फौजदारी अपराध गरेको स्वीकार गरेनन् । तर, वाटरगेट काण्डमा उनको कदम राष्ट्रपतीय अधिकारको दुरुपयोगको एउटा उदाहरणका रूपमा स्थापित भएको छ । राजीनामा दिएको २० वर्षपछि सन् १९९४ को अप्रिल महिनामा उनको निधन भयो । उनको अन्तिम संस्कारमा बोल्दै राष्ट्रपति बिल क्लिन्टनले विदेश नीतिमा निक्सनले गरेको कामको चर्चा गरेका थिए । निक्सनका गल्तीलाई क्षमा गर्नुपर्ने धारणा राख्ने बिल क्लिन्टनपछि आफैँ राजनीतिक संकटमा परे । राष्ट्रपति बनेको एक वर्षभित्रै क्लिन्टन न्याय मन्त्रालयका विशेष अभियोजनकर्ताको अनुसन्धानमा परे ।

विशेष काउन्सेल केनथ स्टारको नेतृत्वमा घरजग्गा कारोबारसम्बन्धी अनुसन्धान सन् १९९८ को ज्यानुअरीमा विस्तार भएर राष्ट्रपति क्लिन्टनको ह्वाइट हाउसकी पूर्वकर्मचारी मोनिका लेविन्स्कीसँगको सम्बन्धसम्म पुग्यो । जोन्समाथि यौन दुव्र्यवहार गरेको फरक अभियोगका क्रममा क्लिन्टनसँग उनको लेविन्स्कीसँगको सम्बन्धबारे सोधपुछ गरिएको थियो । बिल क्लिन्टनमाथि भएको अनुसन्धानमा मोनिका लेविन्स्की सहभागी हुन सहमत भएकी थिइन् । केही दिनपछि उनले ह्वाइट हाउसमा फेरि लेविन्स्कीसँगको सम्बन्ध अस्वीकार गरे ।

‘मैले कहिल्यै ती महिला मोनिका लेविन्स्कीसँग यौन सम्बन्ध राखेको छैन । मैले कहिल्यै कुनै व्यक्तिलाई ढाँट्न भनेको पनि छैन,’ उनले भनेका थिए । सन् १९९८ को सेप्टेम्बर ९ तारिखमा स्टारले संसद्लाई आफ्नो प्रतिवेदन दिए । सर्वसाधारण जनताले पनि हेर्न पाएको ४ सय ४५ पृष्ठको उक्त प्रतिवेदनमा लेविन्स्कीको यौनसँग सम्बन्धित बयान समाविष्ट छ । त्यसमा उनले अनुसन्धानलाई सहयोग गरेबापत उन्मुक्ति पाउने सम्झौता गरिएको उल्लेख छ । प्रतिवेदनमा महाभियोग लगाउन सकिने सम्भावित ११ वटा कारण प्रस्तुत गरिएको थियो ।

सन् १९९८ को डिसेम्बरमा हाउस अफ रेप्रिजेन्टेटिभ्समा क्लिन्टनमाथि झुटो वयान दिएको र संसद्लाई अवरोध गरेको भन्दै महाभियोग लगाउने पक्षमा मतदान भयो । फेब्रुअरीमा रिपब्लिकनहरूको को बाहुल्य भएको सिनेटले उनलाई सफाइ दियो । उक्त यौन प्रकरण अमेरिकामा वर्षौंसम्म चर्चामा रह्यो । तर राजीनामाको बढ्दो मागलाई राष्ट्रपतिले भने बेवास्ता गरिरहे । उक्त प्रकरणपछि १९९८ को उपनिर्वाचनमा आफूलाई लाभ हुने रिपब्लिकनहरूको अपेक्षा पूरा भएन । दुवै सदनमा डेमोत्र्mयाटिक दलको अवस्थामा सुधार भयो ।

क्लिन्टनले जनमत सर्वेक्षणमा ६५ प्रतिशतको अनुमोदन प्राप्त गर्दै सन् २००१ को जनवरीमा कार्यालय छाडे । त्यस्तो समर्थन विगत ५० वर्षमा सबै पूर्ववर्तीको भन्दा धेरै थियो । तर, उनको पार्टीले फ्लोरिडामा भएको पुनर्गणनामा ह्वाइट हाउस गुमायो । एल गोरलाई हराउँदै जर्ज डब्ल्यु बुस राष्ट्रपति बने । तर, सम्पूर्ण प्रक्रियामा उनको उच्च लोकप्रियताको दरले देखाउँछ अघिल्ला दुई राष्ट्रपतिले सामना गरेजस्तो महाभियोगले उनलाई कुनै क्षति पु¥याएन । (बिबिसी)

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय