खोजखबर

नेकपा प्रचण्ड-नेपाल समूहले माघ ९ गते जनप्रदर्शन गर्ने

सौर्य अनलाइन २०७७ माघ ३ गते २०:२७ मा प्रकाशित

काठमाडौं । नेकपा कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले यही माघ ९ गते काठमाडौंमा जनप्रदर्शन गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बसेको केन्द्रीय सङ्घर्ष समितिको बैठकले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा जुलुुसहित अपराह्न १२ बजे रत्नपार्कमा एकीकृत प्रदर्शन गर्ने निर्णय गरेको समितिका सहसंयोजक योगेशकुमार भट्टराईले जानकारी दिए ।

जनअधिकारको रक्षाका लागि प्रदर्शन गर्न लागिएको जानकारी दिँदै उनले प्रतिनिधिसभाको विघटनविरुद्ध परिचालित हुन पार्टीका नेता तथा कार्यकर्तालाई पुनः आग्रह गरे ।

सहसंयोजक भट्टराईका अनुसार जनअधिकराको रक्षाका लागि ऐक्यबद्धता जाहेर गर्न सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, विभिन्न सङ्घसंस्था तथा नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई आग्रह गरिएको छ । जनप्रदर्शनलाई ध्यानमा राखेर यही माघ ७ गते अपराह्न काठमाडौँको भृकुटीमण्डपमा जम्मा भएर उपत्यकाव्यापी मोटरसाइकल र्याली आयोजना गर्ने कार्यक्रम तय गरिएको छ ।

बैठकमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता झलनाथ खनालले जारी आन्दोलन लोकतन्त्र, जनअधिकरा र संविधानको रक्षाका लागि भएकाले कुनै राजनीतिक दलको मात्र नभएर सिङ्गो मुलुकको लोकतन्त्रवादी शक्तिको संयुक्त जनआन्दोलन भएकाले अत्यन्तै उत्साह र सशक्त ढङ्गले तयारीमा जुट्न पार्टी पङ्क्तिलाई निर्देशन दिएका छन् ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय