सामसंग डिजिटल प्लाजाको स्तरोन्नती

काठमाडौं । सामसंग इलेक्ट्रोनिक्स तथा घरयासी उपकरणको नेपालका लागि अधिकृत वितरक हिम इलेक्ट्रोनिक्स प्रालिले दरबारमार्गको डिजिटल प्लाजालाई अपग्रेड र विस्तार गरेको छ । करिब ४ हजार ३ सय स्क्वायर फिटमा सोरुम रहेको कम्पनीले जनाएको छ ।

सामसंग इलेक्ट्रोनिक्सका उपाध्यक्ष सुंग जुन पार्कले शोरुमको उदघाटन गरेका हुन् । सामसंग प्लाजाले आफ्ना ग्राहकलाई विभिन्न तरिका मार्फत सुविधा पुर्याउँदै आइरहेको छ । सामसंग डिजिटल प्लाजामा एलईडी टिभी, रेफ्ररिजेरेटर, वासिङ मेसिन, माइक्रो ओभन, मोबाइल फोन जस्ता सामसंगका उत्पादन रहेका छन् ।

यसबाहेक हिम इलेक्ट्रोनिक्सले उपत्यका भित्र रहेका ६ वटा सामसंग डिजिटल प्लाजा र उपत्यका बाहिर विभिन्न स्थानमा रहेका पाँचवटा सामसंग डिजिटल प्लाजा मार्फत ग्राहकहरुलाई उच्च गुणस्तरीय तथा नवीनतम उत्पादनहरु प्रदान गर्दै आइरहेको पनि जनाएको छ ।

प्रतिक्रिया