इमाडोलमा सानिमा बैंकको शाखा

काठमाडौं । सानिमा बैंकले ललितपुरको महालक्ष्मीमा, बैंक कार्यालय स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ । सो शाखाको उदघाटन ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले गरेका हुन ।  सो समारोहमा मह जोडीले महालक्ष्मीमा सानिमा बैंकको कार्यालय सञ्चालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बंैकका रूपमा निरन्तर विस्तार हुन र थप सफलताका लागि शुभकामना व्यक्त गरे ।

त्यसैगरी, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तेजबहादुर चन्दद्वारा बंैकका ग्राहक तथा सरोकारवालालाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे । बंैकको सातै प्रदेशमा हाल ८५ शाखा, १५ विस्तारित काउन्टर र ८३ वटा एटीएम सञ्चालनमा छन ।

प्रतिक्रिया