माछापुच्छ्रे बैंक र एसियन डेभलपमेन्ट बैंक सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र एसियन डेभलपमेन्ट बैंक (एडिबी) बीच एडिबीको ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्रामअन्तर्गत कर्जा तथा ट्रेड सहयोग गर्न सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा एडिबीका तर्फबाट टेभन विक सल्लाहकार तथा प्रमुख ट्रेड एन्ड सप्लाइ चेन फाइनान्स, प्राइभेट सेक्टर सञ्चालन विभाग तथा बैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका छन् ।

एडिबीको एएए क्रेडिट मान्यता प्राप्त ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्रामले एसियामा २ सय भन्दा बढी बैंकसँग सहकार्य गरिसकेको छ । उक्त सम्झौतापश्चात् बैंकका कृषि क्षेत्र, निर्माण सामग्री तथा मेसिनरी, सोलार प्यानल तथा टेक्सटायल जस्ता विभिन्न क्षेत्रका साना तथा मझौला व्यवसायी ग्राहकलाई अन्तर्राष्ट्रिय बजारमा ट्रेड तथा ग्यारेन्टीसँग सम्बन्धित कार्यमा सहज हुनेछ । ग्राहकलाई विश्वसनीय तथा परिमार्जित सेवा प्रदान गर्दै आइरहेको बैंकले एडिबीसँग ट्रेड फाइनान्स प्रोग्राममा गरेको सम्झौताले देशको आर्थिक विकासमा ठूलो टेवा पुग्ने विश्वास लिएको छ ।

स्थापना कालदेखि नै बैंकले लिमिटेड रिटेल, कर्पाेरेट तथा ट्रेजरी जस्ता सबै व्यावसायिक सेवाको क्षेत्रमा नयाँ–नयाँ प्रविधिका माध्यमबाट सरल र सहज बैंकिङ सेवा प्रदान गर्न कटिवद्ध रहँदै आएको छ । पूर्वदेखि पश्चिम साथै हिमालदेखि पहाड र तराईसम्म आफ्ना १६० ओटा शाखा, १५१ शाखारहित बैंकिङ सेवा र ५ एक्सटेन्स काउन्टर गरी जम्मा ३१६ स्थानमा रहेका सेवा सञ्जाल तथा १९८ ओटा एटिएम तथा १ हजारभन्दा बढी पिओएसमार्फत बंैकिङ सुविधा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया