फागुन १९ गतेबाट गणेशमान सिंह बक्सिङ प्रतियोगिता

काठमाडौं । आगामी फागुन १९ गतेबाट विर गणेशमान सिंह बक्सिङ प्रतियोगिता हुने भएको छ । नर्गाजुन बक्सिङ खेलकुद समितिले उक्त आयोजना सुरु गर्न लागेको शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो ।

प्रतियोगिता नार्गाजुन नगरपालिकाका मेयर मोहन बस्नेतको संयोजनमा १ सय १ सदस्य मूल आयोजक समितिको गठन गरिएको नर्गाजुन बक्सिङ खेलकुद समितिका अध्यक्ष सन्तोस बुढाथोकीले बताए ।

स्वर्गीय गणेशमानको स्मृतीमा बागमती प्रदेशस्तरिय बक्सिङ प्रतियोगिता आगामी फागुन १९ गतेदेखि २२ गतेसम्म हुने आयोजकले जनाएको छ । उक्त प्रतियोगितामा नार्गाजुन नगरपालीकाको विशेष सहयोग रहने र बागमती प्रदेशका सबै जिल्लाहरुबाट प्रतियोगिले भाग लिने बताइएको छ ।

आयोजकका अनुसार प्रतियोगितामा प्रत्यक तौल समूहमा प्रथम हुनेले नगद रु १० हजार पाउने छन् । त्यस्तै, दोस्रो हुनेले नगद रु ७ हजार र तेस्रो हुने दुई जना खेलाडीले जनही चार हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकको भनाइ छ ।

साथै, प्रतियोगितामा पुरुषतर्फ ४९, ५२, ५६, ६०, ६४, ६९, ७५ र ८१ किलो माथिको तौल समूहमा भिड्ने बताइएको छ । यसैगरी, महिलातर्फ ४८, ५१, ५४, ५७, ६० र ६४ किलोमाथि तौल समूहमा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया