इन्डोनेसियामा शक्तिशाली भूकम्प : मृत्यु हुनेको संख्या ४२ पुग्यो

एजेन्सी । इन्डोनेसियामा शुक्रबार गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ४२ पुगेको छ समाचार संस्था रोयटर्सले दिएको खबर अनुसार भूकम्पमा परी करिब १०० जना घाइते भएका छन् ।

अझै दर्जनौँ व्यक्ति भग्नावशेष पुरिएको इन्डोनेसियन अधिकारीहरुले जानकारी दिएका छन् , शुक्रबार गएको ६.२ म्याग्निच्ूडको भूकम्पले
इन्डोनेसियाको सुलावेसी टापुमा ठूलो क्षति पुगेको हो ।

इन्डोनेसियन अधिकारीहरुले रोयटर्सलाई दिएको जानकारी अनुसार करिब ३०० सय भन्दा धेरै घरहरु भत्किएका छन् । दुई होटल, एक अस्पताल र क्षत्रीय गर्भनरको कार्यलय भत्किएको छ ।

भत्किएका भवनभित्र केही व्यक्तिहरु पनि फसिरहेको उनीहरुलाई निकाल्ने प्रयास भइरहेको इन्डोनेसियन अधिकारीहरुको भनाइ छ ।

प्रतिक्रिया