ड्रोग्बाले गरे डिभोर्सको खुलासा

लण्डन । इङ्लिस प्रिमियर लिग क्लब चेल्सीका लिजेन्ड डिडियर ड्रोग्बाले आफ्नो वैवाहिक सम्बन्ध टूटेको घोषणा सामाजिक सञ्जालमार्फत गरेका छन् । आफ्नो सम्बन्ध विच्छेद गत वर्ष नै भएको खुलासा ड्रग्बाले इन्स्टाग्राममार्फत दिएका हुन् । गत वर्ष ड्रोग्बा र अर्की एक महिला बेडरुममा बसेको भिडियो सार्वजनिक भएको थियो । यस भिडियो सार्वजनिक भएसँगै उनको वैवाहिक जीवनमा समस्या देखिएको थियो । यस भिडियोमा ड्रग्बाले भनेका थिए, ‘उनी पोजेटिभ छिन् । मलाई टोकेर इन्फेक्ट गर्न सक्छिन् ।’ यद्यपी, ड्रोग्बाका समर्थकहरुले कोभिड १९ बारेको विज्ञापन बनाउने क्रममा सुटिङका बेला खिचिएको भिडियोको क्लिप यसरी बाहिरिएको दाबी गरेका थिए ।

प्रेम(सम्बन्धको २० वर्ष र विवाहको ९ वर्षपछि ड्रोग्बाले सम्बन्ध विच्छेद गरेका हुन् । आफ्ना झन्डै १ करोड समर्थक रहेको इन्स्टाग्राममा उनले लेखेका छन्,‘आफ्नो निजी जीवनबारे कुराकानी गर्ने मेरो बानी छैन । तर आज मिडियामा आएका शंका उपशंकाका कारण म यो भन्नसक्छु कि दुग्भार्यपूर्ण रुपमा २० वर्ष सँगै बसेपछि लाल्ला र मैले गत वर्ष कठिन निर्णय लियौं । हामी निकै नजिक छौं र हाम्रो मुख्य प्राथमिकता आफ्ना बालबच्चा र हाम्रो परिवारको निजी जीवनलाई रक्षा गर्नु हो । भगवान्ले तपाईहरुलाई माया गरुन् ।’

चेल्सीका सर्वकालिन सर्वश्रेष्ठ गोलकिपर ड्रोग्बाले १९९० को दशकमै पेरिसमा आफ्नी लाल्लालाई भेटेका थिए, उनीहरुले २०११ मा विवाह गरे । यतिबेलासम्म चेल्सीमा तीन प्रिमियर लिग जितिसकेका ड्रोग्बा विश्वकै सर्वोत्कृष्टमध्ये एक थिए । यो दम्पत्तिका तीन छोराछोरी छन् । २०१२ मा चेल्सीबाट प्रिमियर लिग उपाधि जितेका ड्रोग्बाले २०१५ मा क्लब छाडेका थिए । उनले २०१८ मा खेलाडी जीवनबाट सन्यास लिए ।

प्रतिक्रिया