खेल-खेलाडी

विश्व वरियतामा प्रिन्सको छलाङ

सौर्य अनलाइन २०७७ माघ २ गते २०:११ मा प्रकाशित

काठमाडौं । नेपाली ब्याडमिन्टन युवा स्टार प्रिन्स दाहाल विश्व ब्याडमिन्टनको जुनियर वरियतामा शीर्ष तीनमा स्थानमा उक्लिएका छन् । विश्व ब्याडमिन्टन महासंघ (बिडब्लुएफ) ले शुक्रबार २०२१ मा खेलाडीको वरीयतामा नयाँ अपडेट गरेपछि प्रिन्सले ८ स्थान सुधार गर्दै शीर्ष ३ मा उक्लन सफल भएका हुन् । प्रिन्सको यो अहिलेसम्मकै उत्कृष्ट वरियता हो । विश्व जुनियर वरीयताको शीर्ष ३ भित्र पर्नु नेपाली खेलाडी र नेपाली ब्याडमिन्टनको लागि नयाँ इतिहास हो । यसअघि प्रिन्स सातौ र अहिले ११औं स्थानमा रहेको थियो ।

प्रिन्सको १०४०० अंक छ । प्रिन्सभन्दा अघि डेनमार्कका म्याड्स जुवेल मोलर र भारतका भरुण कपुर रहेका छन् । म्याड्सको १३५५० र बरुणको १३१५० अंक छ । म्याड्सले ३ तथम बरुणले ४ स्थान सुधार गरेका हुन् । प्रिन्सले पछिल्लो समय जुनियर ब्याडमिन्टनमा उच्च प्रदर्शन गर्दै आएका छन् । गत चैतयता, कोरोना महामारीका कारण विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता स्थगित हुनुअघिको ७ खेलमा ५ जित निकालेको थियो ।

कोरोनापछि घरेलु प्रतियोगिता सुचारु हुदा प्रिन्सले नेपाल नम्वर एक रत्नजित तामाङलाई हराउदै उपाधि जितिसकेको छ । सिरहाको गोलबजारमा जारी पुष्पलाल स्मृति ब्याडमिन्टन प्रतियोगिताको क्वाटरफाइन्लमा प्रवेश गरिसकेका छन् ।
जुनियर वरियतामा इंग्ल्यान्डका इथान रोस चौथो, मलेसियाका जस्टिन हो पाँचौ, स्पेनका ज्याकुव फर्नान्डेस छैटौं चीनका लिउ लियाङ सातौं, मलेसियाका फजरिक मोहम्मद रजिफ आठौं, चेक रिपब्लिकका जान जानोस्टिक नवौं र फ्रान्सका एलेक्स रानिएर १०औं स्थानमा अटाएका छन् ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय