सेञ्चुरी बैकको साधारण सभा

काठमाडौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको नवौ तथा दशौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । यो सभा बैंकको अध्यक्ष राजेश कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्नभएको हो । साधारण सभाले शेयरधनीलाई आ.व. २०७५/७६ को नाफाबाट चुक्तापुँजीको ४ दशलमव ७५ प्रतिशत नगद लाभांश र २ प्रतिशत बोनश शेयर तथा उक्त बोनश शेयर वितरण पश्चात् हुन आउने चुक्तापुँजी रकम ८ अर्ब ५८ करोड ३७ लाख ८१ हजार रुपैया आ.व. २०७६÷७७को मुनाफाबाट ५ दलशमव २५ प्रतिशत बराबरको बोनस सेयर र २.२५ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्तावपारित गरेको छ ।

सभाले लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण बाँडफाट लगायतका प्रतिवेदन पारित गरेको पनि विज्ञप्तिमा उल्लेख छ । सभाले संस्थापक शेयरधनीबाट प्रतिनिधित्वगर्न तीन जना संचालक रमेश कुमार निरौला, मन बहादुर राई र रण बहादुर श्रेष्ठलाई निर्वाचित गरेको छ । चालु आवको असोज मसान्तसम्म बैंकले कुल निक्षेप ८२ दशलमव ४२ अर्व र कर्जा रकम ६६ दशमलब ९३ अर्व परिचालन गरी २२ दशलमव शुन्य २ करोड नाफा आर्जन गर्न सफल भएको पनि बैकले जनाएको छ ।

प्रतिक्रिया