विजय लघुवित्तको २० प्रतिसत लाभांस

काठमाडौ । विजय लघुवित्त वित्तिय संस्था लिमिटेडको आठौ वार्षिक साधारण सभाले आर्थिक बर्ष ०७६/७७ को नाफाबाट २० प्रतिसत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सभाले १९ प्रतिसत बोनस शेयर र कर प्रयोजनकालागि १ प्रतिसत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्दै संस्थाको कायम जारी तथा चुक्तापुँजीमा १९ प्रतिसतले बृद्धि गरेको छ ।

संस्थाका अध्यक्ष कपिल न्यौपानेको अध्यक्षतामा सम्पन्न उक्त सभाले वित्तीय संस्थाको आ.ब. २०७६/०७७ को संचालक समितिको प्रतिवेदन , २०७७ असाढ मसान्तको वासलात तथा सोहि मितिमा समाप्त आ.व. २०७६/०७७ को नाफा नोक्सान हिसाब , सोहि अवधिको नगद प्रवाह विवरण लगायत वित्तीय विवरणहरु पारित गरेको छ ।

सभाले आ.व. २०७७/७८ मा लेखा परिक्षण कार्य गर्नका लागि साविकका आर एण्ड एसोसियट्सका सिए रबिन्द्र श्रेष्ठलाई पुनःनियुक्तगर्ने तथा निजको पारिश्रमिकतोक्ने प्रस्ताव समेत अनुमोदन गरेको छ । संचालक समितिले प्रस्ताव गरे बमोजिम प्रबन्धपत्र तथा नियमावलिको विभिन्न दफामा संसोधन प्रस्ताव समेत स्वीकृत गरेको छ ।

प्रतिक्रिया