निक्षेपको ब्याजदर घट्दो क्रममा

काठमाडौं । अधिक तरलताको कारण बैकहरुले १ माघ देखी लागु हुने गरी निक्षेपको ब्याजदर घटाएका छन । तरलता अभाव हुँदा साधारण निक्षेपकै ५/६ प्रतिशतसम्म ब्याज दिने बैंकले अहिले निक्षेपको ब्याजदर १ दशलमव ५ प्रतिशत कायम गरेका छन । ब्याज खर्च घटाउने क्रममा बैंकहरूले निक्षेपकर्ताको ब्याज घटाएका हुन । तर त्यस्को जानकारी बैकहरुले दिएका छैनन । सामान्यतया साधारण निक्षेपको ब्याजदर मूल्य वृद्धिदरभन्दा बढी हुनु पर्छ । सर्वसाधारणले आफ्नो निक्षेपबाट प्राप्त हुने आम्दानीले कम्तीमा पनि मूल्य बृद्धिलाई धान्न सक्नुपर्ने मान्यता राख्ने गरिन्छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको चौथो महिनाको मुद्रास्फीति ४ दशलमव शुन्य ५ प्रतिशत रहेको छ । तर धेरै बैंकहरुले साधारण निक्षेपकर्तालाई १ दशलमव ५ मात्र ब्याजदर दिने गरेका छन । मुद्दती निक्षेपको ब्याजदर पनि गत वर्ष १३ प्रतिशतसम्म पु¥याएका बैंकहरुले पछिल्लो समय ४ प्रतिशतभन्दा तल झारेका छन । अधिकांश वाणिज्य बैंकले छोटो अवधिको मुद्दति निक्षेपको ब्याजदर ४ प्रतिशतमा झारेका हुन । लामो अवधिको मुद्दती निक्षेपको ब्याजदर भने बढीमा ८ प्रतिशतसम्म रहेको छ । यस्तो ब्याजदर ३ वर्षभन्दा बढी अवधिको मुद्दती निक्षेपमा मात्र दिने गरेका छन ।

बैंकहरुले सार्वजनिक गरेको मुद्दती निक्षेपको ब्याजदर आधार ब्याजदरभन्दा बढी छ । खर्च घटाउन सबैभन्दा पहिला निक्षेपकर्ताको ब्याजदर घटाउने र एक महिनापछि मात्रै ऋणीको ब्याज घटाउने प्रवृति अहिले पनि नदोरिएल भन्न सकिन्न । नबिल बैंकले निक्षेपको ब्याजदर १.५ प्रतिशतसम्म झारेको छ। बैंकले मुद्दती निक्षेपमा अधिकतम ६.५ प्रतिशतसम्म दिएको छ । छोटो अवधिको मुद्दती निक्षेपको ब्याजदर ३ प्रतिशतसम्म झारेको छ। बैंकमा एक वर्ष अगाडि साधारण निक्षेपको ब्याजदर ३.७५ थियो । इन्भेस्टमेन्ट बैंककले सबैभन्दा कम २ प्रतिशत र मुद्दती निक्षेपमा ७.२५ प्रतिशत ब्याजदर दिएको छ।

एक वर्षको अवधिमा बैंकहरुको निक्षेप संकलन २१.६ प्रतिशतले बढ्दा कर्जा लगानी १६ प्रतिशत बढेको छ। यसले गर्दा बजारमा अधिक तरलता सिर्जना भएको र बैंकहरुले ब्याजदर घटाइरहेको देखिएको छ । केन्द्रीय बैकका अुनसार वाणिज्य बैंकहरुको औषत आधार ब्याजदर २०७६ मंसिरमा ९ दशलमव ४६ प्रतिशत थियो। गत मंसिर महिनामा यस्तो ब्याजदर घटेर ७ दशलमव ३६ प्रतिशत रहेको थियो । यो मंसिरमा बैंकहरुको भारित औषत ब्याजदर ५ दशलमव १४ प्रतिशत र कर्जाको भारित औषत ब्याजदर ९ दशमलब ३७ प्रतिशत रहेको छ ।

प्रतिक्रिया