खोजखबर

मन्त्री नेम्वाङद्वारा तमोर कोरिडोरको ‘बेलिबृज’ शिलान्यास

कृष्ण ओझा २०७७ माघ १ गते १४:२९ मा प्रकाशित

पाँचथर । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङले तमोर कोरिडोरमा पर्ने हेवा खोलाको पुल (बेलिबृज) को शिशलान्यास गरेका छन् । उनले आज बिहान हिलिहाङ गाउँपालिका–७ मा रहेको पुच्छार हेवाखोला र फिदिम नगरपालिका–४ जोड्ने पुल निर्माणको लागि शिलान्यास गरेका हुन् ।

उक्त पुल स्टील मोडुलर बृजबाट बन्ने बताइइएको छ । सो पुल ९६ लाख ७५ हजार २८२ रुपैयाँको लागतमा निर्माण हुने पुष्श्पलाल मध्यपहाडी राजमार्ग योजना कार्यालय पाँचथरले जनाएको छ ।

पुल निर्माणको लागि ६५ लाख ४८ हजार ९ सय आठ रुपैयाँ लागतमा ठेक्का भइसकेको शिलान्यास कार्यक्रममा जानकारी गराइएको छ । उक्त पुलबाट सञ्चालन हुने सडकको नाम तमोर कोरिडोर चतारा, मुलघाट, माझीटार, सुभाङ, अमरपुर र गणेशचोक राखिएको छ ।

उक्त राजमार्ग १ सय ४८ किलोमिटर लम्बाइ निर्माण भइ बाटो ग्राभेल स्तरमा हुँदै गरेको छ । निर्माण योजना २०७४ जेष्ठ देखि सुरु भइ २०७७ फागुनमा सम्पन्न गर्ने लक्ष्य लिइएको जनाइएको छ । यस क्षेत्रमा ४ किलोमिटर ट्रयाक खोल्न बाँकी रहेको बताइएको छ ।

पुल शिलान्यास कार्यक्रममा मन्त्री नेम्वाङले निमार्ण निकायलाइ समयमा काम सक्न निर्देशन समेत दिएका छन् । यस राजमार्ग कालोपत्रे हुने भइ सुविधासम्पन्न हुने मन्त्री नेम्वाङले विश्वास दिलाए ।

साथै, उनले पूर्वाधार विकास र सरकाको कामका विषयमा चर्चा गरे । उक्त निर्माणले नागरीकहरुलाई आवतजावतमा सहज मिल्ने भन्दै फिदिमका नगरप्रमुख ओनाहाङ नेम्वाङले मन्त्री नेम्वाङलाइ धन्यवाद दिए ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय