कामना सेवा विकास बैंकको साधारणसभा

काठमाडौ । कामना सेवा विकास बैंक लिमिटेडको चौधौं वार्षिक साधारणसभा सम्पन्नभएको छ । कम्पनी ऐन, २०६३, बैंकको नियमावली तथा प्रचलित कानुन अनुसार बोलाइएको सभा कोभिड–१९ को प्रभावको कारण नेपाल सरकारद्वारा जारी स्वास्थ्य सम्बन्धी मापदण्डको पालनागर्दै भिडियो कन्फ्रेन्सको माध्यमबाट सञ्चालन गरिएको थियो । साधारणस भामा बैंकको चुक्तापूँजीको करिव ५५ प्रतिशतभन्दा बढी शेयरधनीको प्रतिनिधित्व गरी जुम वेभिनार मार्फत जोडिएका थिए ।
सभाले आर्थिक वर्ष २०७६÷७७ को नाफाबाट शेयरधनीलाई हाल कायम चुक्तापूँजीको ४ दशमलब ४० प्रतिशतका दरले हुने रकम बोनस शेयर वितरण गर्ने र सोमा लाग्ने कर प्रयोजनका लागि शुन्य दशमलब २३ प्रतिशत अर्थात कर प्रयोजनार्थ समेत गरी कुूल ४.६३ प्रतिशत लाभांश वितरण गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको हो ।

बैंकले आ.व. २०७७÷७८ को लेखापरीक्षण गर्नको लागि बैंकको लेखापरीक्षण समितिद्वारा सिफारिस गरिए बमोजिम लेखापरीक्षक जि.पि.राजवाहक एण्ड कम्पनी चार्टड एकाउन्टेण्टसलाई पूननियुक्ति गरेको छ । सभामा बैंकका अध्यक्ष सुदिप आचार्यले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, बैंकको आर्थिक वर्ष २०७६÷०७७ को वासलात, नाफा÷नोक्सान हिसाब, नगद प्रवाह विवरण र सोसँंग सम्बन्धित अनुसूची र देशको आर्थिक तथा बैकिग क्षेत्रको अवस्था तथा चालु आर्थिक वर्ष २०७७÷०७८ को असोज मसान्तसम्मको कार्य सम्पादनको विवरण पेश गरेको पनि विज्ञप्तिमा उल्लेख छ । बैंक सञ्चालक समितिका अध्यक्ष सुदिप आचार्यको अध्यक्षतामा बसेको साधारण सभामा बैंकका सञ्चालक चतुराखर अधिकारीले स्वागत गरेका थिए ।

प्रतिक्रिया