कोभिडले शिथिल अर्थतन्त्रमा सुधारको संकेत

काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी प्रथम पुनरावृत्ति सर्वेक्षण प्रतिवेदन’ले अर्थतन्त्रमा सुधारको संकेत आउने क्रम सुरु भएको बताएको छ । यसअघि केन्द्रीय बैंकले गत असारमा महामारीको प्रभाव अध्ययन गरी तयार पारेको सर्वेक्षणमा सहभागी भएका व्यवसायको पुनः अध्ययन गरी तयार पारेको सो प्रतिवेदनमा उल्लेख गरिएको छ ।

मंगलबार सार्वजनिक सो प्रतिवेदन अनुसार ५४ प्रतिशत उद्योग व्यवसाय पूर्ण रुपमा सञ्चालनमा आएको देखाइएको छ । कोभिडपूर्वको तुलनामा गत असारमा २८ दशलमव ७७ प्रतिशत मात्र रहेको उत्पादन र कारोबारको स्थिति सर्वेक्षण सम्पन्न हुँदा ५० दशलमव ५१ प्रतिशत पुगेको राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, रोजगारीको अवस्थामा समेत सुधारआई ७७ दशलमव ५० प्रतिशत बाट ८७ दशलमव ५१ प्रतिशत पुगेको उल्लेख छ ।

यो भन्दा अघि २०७६ असारमा सार्वजनिक गरिएको सर्वेक्षणमा विभिन्न उद्योग, व्यवसाय सञ्चालन गर्ने साना–ठूला गरी ६ सय ७४ उद्योग तथा व्यवसाय सर्वेक्षणमा समावेश भएका थिए । अघिल्लो सर्वेक्षणमा सहभागी व्यवसायीबाट पुन ः तथ्यांक संकलन गरी १३ कात्तिक देखि २४ मंसिर २०७७ सम्म पुनः सर्वेक्षण गरिएको थियो ।

राष्ट्र बैंकको सर्वेक्षण अनुसार असारको तुलनामा २०७७ मंसिरमा उद्योग÷व्यवसाय सञ्चालनमा सुधार आएको देखिन्छ । साथै असारको तुलनामा उद्योग÷व्यवसायको उत्पादन एवं कारोबारको अवस्था तथा रोजगारीको अवस्थामा समेत सुधार आएको प्रतिवेदनमा उल्लेख छ । यद्यपि कोभिड–१९ पूर्वको अवस्थामा उद्योग÷व्यवसाय सञ्चालन हुन भनेसकेका छैनन् ।

१० पृष्ठ लामो उक्त प्रतिवेदनले उद्योग ब्यवसायलाई थप कर्जा प्राप्त गर्न कठिनाइ भएको निष्कर्ष निकालेको छ । २०७७ असारको तुलनामा मंसिरमा आइपुग्दा उद्योग ब्यवासय सञ्चालनमा सुधार आए पनि पूर्ववत अवस्थामा उद्योगरब्यवसाय सञ्चालन हुन भने नसकेकोमा प्रतिवेदनले जोड दिएको छ ।
उद्योग ब्यवसायले बजार माग घटेर कारोबारमा ह्रास आएको, सञ्चालन खर्च धान्न कठिनाइ भएको तथा थप कर्जा प्राप्त गर्न कठिनाइ भएको जस्ता समस्या अगाडि सारेको कुरालाई प्रतिवेदनमा समावेश गरिएको छ ।

राष्ट्र बैंकले अहिले अवस्था कस्तो छ भनेर गरेको सर्वेक्षणमा थोक तथा खुद्रा ब्यापारबाट २९ दशलमव ३, उत्पादनमूलक उद्योगबाट १७ दशमलव २ र होटल तथा रेष्टुरेन्टबाट १६ दशमलव ७ प्रतिशत नमुना संकलन गरेको थियो । सबैभन्दा कम विद्युत, ग्यास तथा पानी क्षेत्रबाट शुन्य दशमलललब ५ प्रतिशत पाएको थयो भने खानी तथा उत्खनन् क्षेत्रबाट करिव १ प्रतिशत सहभागिता रहेको थियो ।

प्रतिक्रिया