खोजखबर

राजनीतिमा सान्दर्भिक महाभारतको विदुर नीति

मुकुन्द न्यौपाने २०७७ पुष २८ गते ७:०४ मा प्रकाशित

मुकुन्द न्यौपाने

महाभारतको विदुर नीति र अहिलेको नेपालको राजनीतिक सञ्चालनमा देखिएको समानता यस्तो छ : यसलाई वर्तमान अवस्थामा यसलाई अध्यउन गर्नु आवश्यक देखिन्छ । मानिसको लागि आवश्यक कुरा के हो भने, ऊ जसको पराजय चाहँदैन उसले सुन्ने चाख राखोस् या नराखोस् त्यसको कुनै प्रवाह नगरी उसको हित र अहित हुने तथा उसलाई अनिष्ट हुने कुरा स्पष्टसँग बताइदेओस् । राम्रो मन र बिचारले भनिएका जनहितका कुरा पनि कसैलाई पाच्य हुदैनन् र ग्रहण गर्दैनन् भने बुद्धिमान पुरुषले त्यसका लागि ग्लानी गर्नुपर्ने कुनै आवश्यकता छैन । कुनै प्रयोजनका लागि गरिने काममा सबैभन्दा पहिले प्रयोजनकर्ताले त्यसले दिने परिणाम र मानिसमा पार्ने प्रभावको बारेमा थाहा पाउनु पर्दछ ।

कुनै पनि काम गर्नुभन्दा अघि धेरै सोच बिचार गर्नुपर्दछ । विज्ञ पुरुषहरूसँग छलफल गर्नु पर्दछ र हतारमा कुनैपनि काम गर्नु हँुदैन । धैर्यवान पुरुषले जहातहांबाट भावपूर्ण वचन सुक्ति र सान्दर्भिक ज्ञानलाई संग्रह गरिरहनु पर्दछ । जो अर्काको धन् विद्वता रूप पराक्रम दक्ष ता सुख सौभाग्य र सम्मान देखेर डाह र ईष्र्यामा भौतारिँदै हिँड्छ उसको यो रोगलाई असाद्य मानिन्छ ।

पदको उन्माद, धनको उन्माद, विद्याको उन्माद, जाति र कुलको उन्माद यो अल्पज्ञानीका लागि अंहकारमा परिणत हुन्छ भने यहीँ कुरा ज्ञानयुक्त सज्जन पुरुषका लागि शक्तिको साधन बन्छ । पिउने नसा पनि नसा नै हो तर ऐश्वर्य कुर्सी या सिंहासनको नसाबाट मातेको मानिस भ्रष्ट भएर पतन नभई होसमा आउँदैन । मानिसको शरीर रथ बुद्धि सारथी कर्मेन्द्रीयहरू यसका घोडा हुन् । बुद्धि ज्ञानेन्द्रीयबाट निर्देशित भएर कर्मेन्द्रीयलाई सञ्चालन गर्छ । ज्ञानको शक्ति, गतिको शक्ति कर्मको शक्तिको समन्वयले मानिस लक्ष्यमा पुग्छ । तर आपूmलाई महाज्ञानी त्रिकालदर्शी देख्ने अहंकारीले कहिल्यै पनि ज्ञानको धरातलमा पाइला टेक्न सक्दैन ।

इन्द्रीयमाथि नियन्त्रण नहुनुको कारण आफूलाई माहामुनि भन्ने ठूला साधुहरू पनि कर्मबाट च्यूत भएका छन् र जनतासँग शपथ खाएर लोकहितमा काम गर्ने शासकहरू पनि शत्ताको उन्मादमा बाँधिन पुग्छन् र सिंगो राज्य यन्त्रलाई भ्रष्ट गर्छन् । वाणीको पूर्ण संयमतालाई कठिन मानिन्छ । तर, बहुत अर्थपूर्ण र चमत्कारयुक्त वाणी पनि अधिक थोरैभन्दा थोरै बोलिन्छ । ज्ञानयुक्त विवेकशील वाणीहरू थोरैले पनि मानिसकोे मस्तिष्कमा उज्यालो छर्दछ । ज्ञान र विवेकभन्दा पर रहेका अहंकारका लामा आख्यान एकछिनको रमाइलो त छर्लान्, तर ज्ञानको मस्तिष्कले ग्रहण गर्दैन ।

मधुर शब्दमा भनिएको ज्ञानयुक्त वाणीले मानिसको हृदय सधैं जागा रहन्छ र हरदम कल्याणकारी कामका लागि प्रेरणा जगाइरहन्छ । त्यति नै शब्द कटु अर्थमा भनियो भने त्यो ठूलो अनर्थको कारण बन्न सक्छ । वाणले हानेको र बन्चराले काटेको घाउ पनि पुरिन सक्छ । तर, कटु वचन गरेर वाणीबाट लगाएको घाउ कहिल्यै पुरिँदैन । किनकि हृदयको गहराइमा बसेर कटुवचन प्रहार गर्नेकै हृदयतिर फर्कने कोशिस गरिरहेको हुन्छ । जसले वचनरुपी वाण मुखबाट निकालेर अरूको मर्ममाथि चोट गरेर आनन्द लिन्छन् तिनीहरू निरन्तर समूहबाट अगल पर्दै जान्छन् र आखिरमा एक्लो हुन्छन् । त्यति मात्र होइन् उसले गरेको एक्लो चोटको विरुद्ध समूहले ऊमाथि फर्काएको चोट त्यो हजारौँ गुणा शक्तिशाली भएर आफैँतिर थाम्ने क्षमता व्यक्तिको अहंकारमा त्यतिबेला लम्पसार पर्नुभन्दा अर्को कुनै विकल्प हुँदैन । अतः विद्धान र बुद्धिमान पुरुषले यस्ता वाणीको प्रयोग कहिल्यै नगरुन् ।

सम्पूर्ण तीर्थ घुमेर स्नान र दान गर्नुभन्दा मानिसहरूसँग कोमल व्यवहार गर्नु नम्र बोल्नु मानिसहरूको दुःखका वेदनालाई त्योभन्दा ठूलो तीर्थ यात्रा हुन्छ । पृथ्वीको लागि शासकले झुठो बोल्नु हँुदैन आफ्नो स्वार्थको लागि सत्य कुरा नबोले र गलत मन्त्री र स्वार्थी सल्लाहकारहरूको सल्लाहमा राजा (शाासक) हिँड्छन् भने उनी विनासको मुखमा जाकिन पुग्छन् उनलाई कसैले जोगाउन शक्तैन । मानिस जबजब लोक कल्याणमा मन लगाउँछ उसले लोकको ईच्छाविपरीत कुनै पनि कार्य गर्दैन । आफ्ना वरपर रहेका स्वार्थी सल्लाहकार र पुत्रको मोहमा परेर शासकले लोक मतलाई अनादर गर्दछन् भने जन्मभर मात्र होइन् राज्यबाट च्यूत भएको शताब्दियौँ पछाडिसम्म पनि लोकमा निन्दाको पात्र बनी रहन्छन् ।

यस्तै कपटपूर्ण व्यवहार गर्ने, छिनछिनमा कुरा फेर्ने, सत्य कुरा गर्न डराउने, बिहान बोलेको कुरा मध्याह्नसम्म नटिक्ने, आजको कुरा भोलि फेर्ने, झुठो वचनमा टेकेर लोकलाई रिंगाउन सकिन्छ भन्ने मानिस राजा (शासक) भए भने त्यो लोकको कस्तो दुर्गति होला ? त्यसैले लोकले आफूमाथि शासन गर्ने शासकको राम्रोसँग पहिचान गर्नुपर्दछ । सराब पियाउने, आपसमा झगडा लगाउने, समूहको बीचमा वैरभाव जगाइदिने झुठा र तीलस्मी प्रचार गरे लोकलाई रनभुल्ल पारेर भ्रम छर्ने पतिपत्नीबीच झगडा लगाइदिने आफन्तहरूबीच भेद पैदा गराएर बझाउने यस्ता व्यक्तिहरू सबै खराब कोटीमा पर्छन् र शासकले मात्र होइन समाजले त्याग्नयोग्य मानिन्छन् ।

‘असतां संग दोषेण साधवो यान्तिविकृयाम्
दुर्याेधनः प्रसङ्गेन भिष्मो गो हरणे गत’
असतको संगतले गर्दाखेरी साधु पनि चोर बन्न पुग्छन् । जस्तै दुर्याेधनका संगतले महान विद्वान भनिएका ब्राह्मचारी भीष्म पितामह पनि बिराट राजाका गाई चोर्न पुगे । आठ ओटा गुणले मानिसको सोभा बढाउँछन् । बुद्धि, कुसलता, धैर्यता, शास्त्र ज्ञान, व्यावहारिक कुसलता, लोकमतको भावनाको कदर, कमभन्दा कम बोलेर मानिसको मन जित्ने क्षमता । अर्कालाई गाली नगर र अपमान पनि नगर, असल स्वभाव र सत्य बोल्नेहरूको संगत गर र निच पुरुषहरूको सेवामा समय खेर नफाल । सदाचारबाट हीन नबन । रुखो र अभिमानी नहोऊ ।

आक्रोश भरिएको वाणिको प्रयोग नगर । यो जगतमा रुखो र आक्रोशपूर्ण वाणी भएको मान्छेमा अरूलाई घोचपेच गरेर कटु शब्द प्रयोग गर्न पाउँदा आनन्द आउँछ । तर, त्यस्तो वाणीको प्रयोगले उसभित्र त्यो वाणी आदतको शक्तिमा फेरिन्छ र उसको मस्तिष्कमा आक्रोशको मनोग्रन्थी विकास हुन्छ । त्यसपछि ऊ न समाजका कुरा सुन्छ न मित्रका । उसको मनो ग्रन्थिमा जम्मा भएको अहंकारले उसलाई म तल पर्ने हुँ कि कुर्सी गुम्ने हो कि भन्ने मनोत्रास छरिरहेको हुन्छ । ऊ अरूका कुरा सुन्न डराउँछ । यो त्रासको मनो ग्रन्थीबाट अरूलाई घोच्न उसलाई जति आनन्द आउँछ त्यै मनोग्रन्थीले उसको हड्डीसम्म बिझ्ने गरी आफैंलाई घोचिरहेको हुन्छ । तर ऊ आफ्नो पीडा कसैलाई बताउन सक्तैन ।

आपसमा झगडा गर्ने मान्छेहरू राम्रो विछ्याउनायुक्त राजसी पलङ पाए पनि राम्ररी निदाउन शक्तैनन् । जो एकअर्कामा परस्पर भेदभाव राख्छन् तिनले कहिल्यै नैतिक आचरण राख्न शक्तैनन् । सुख पनि पाउँदैनन् र उनीहरूलाई प्राप्त हँुदैन । उनीहरू सधैँ शत्ताको कुर्सी आफ्नो हातबाट फुत्कने हो कि भन्ने चिन्ताबाट त्रसित भइरहेका हुन्छन् र शान्ति र मेलमिलापको कुरो सुन्न पनि चाहँदैनन् । उनीहरूको कुर्सी मोहको मनोग्रन्थीले उनीहरूलाई शान्ति र मेलाप नसुहाउने बनाइसकेको हुन्छ । उनीहरूको मनको तलाउ नै भेदभाव फुट र भेदको तरंगले सधैँ डोलायमान भइरहेको हुन्छ । यस्ता मानिसका अगाडि विनासको सिवाय अरू कुनै बाटो बचेको हुँदैन ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय