आयोगमा पुगेर प्रचण्ड र माधव नेपालद्वारा तत्काल निर्वाचन प्रक्रिया रोक्न माग

काठमाडौं । पार्टी भित्रै अलग समूह बनाएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालले निर्वाचन आयोगमा पुगेर तत्काल निर्वाचनका सबै प्रक्रिया रोक्न माग गरेका छन् ।

आज प्रचण्ड–नेपाल समूहका दुवै अध्यक्षसहित अन्य शीर्ष नेताहरु पनि आयोगमा पुगेर निर्वाचनसम्बन्धी काम अघि बढाउँदा प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वोच्च अदालतमा विचाराधीन रहेको मुद्दामा असर पार्ने भन्दै निर्वाचन प्रक्रिया रोक्न माग गरेको स्रोतले जनाएको छ ।

सर्वोच्च अदालतको अन्तिम फैसला नआउँदासम्म निर्वाचन प्रक्रिया रोक्न माग गरिएको बुझिएको छ । त्यस्तै, निर्वाचन आयोगमा रहेको पार्टी नेकपासँग सम्बन्धित कागजातहरुको प्रतिलिपि पनि माग गरिएको बताइएको छ ।

निर्वाचन आयोगले निर्वाचन घोषणा भइसकेपछि मतदाता नामावली थपघट रोक्ने र स्थायी प्रकृतिको काम, मतदान केन्द्रहरु टुंगो लगाउने प्रारम्भिक काम मात्रै गरिएको, अन्य काममा प्रवेश नगरेको स्पष्ट पारेको बुझिएको छ ।

प्रतिक्रिया