झापामा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

दमक । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी नगरपालिकामा गए राति भएको दुर्घटनामा परेर स्थानीय एक युवाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार गए राति ८ः३० बजे झापाको दमकवाट पूर्वतर्फ मोटरसाइकलमा आउँदै गरेका शिवसताक्षी नगरपालिका–११ का ३८ वर्षीय छविरमण ढकालको मृत्यु भएको थियो ।

झिलझिले निवासी उहाँ लाइभकियर फर्मास्युटिकलका प्रबन्धक थिए । शिवसताक्षी–१ स्थित धरमपुरमा पर्ने कमलखोला सडकखण्डमा उनी सवार मोटरसाइकल दुर्घटना भएको हो । मे ३ प ९८९६ नंको मोटरसाइकलमा सवार ढकाल आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

यसैगरी शनिबार साँझ जिल्लाको बुद्धशान्ति गाउँपालिका–३ स्थित धाइजन चोकमा मे१च ५३९६ नंको पिकअप भ्यानलाई विपरीत दिशाबाट आउँदै गरेको मे २ प ६९८४ नंको मोटरसाइकलले ठक्कर दिँदा मोटरसाइकलमा सवार अर्जुनधाराका ५० वर्षीय छत्रबहादुर मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया