महिला लघुवित्तको तेस्रो साधारणसभा

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतप्राप्त महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको तेस्रो साधारण सभा सम्पन्न भएको छ । संस्थाको अधिकृत पुँजी २० करोड, जारी पुँजी १० करोड तथा चुक्ता पुँजी ५ करोड रहेको संस्थाको अध्यक्ष तारा कुँवरले साधारण सभामा जानकारी गराइन । संस्थाले चालु आर्थिक वर्ष ०७६÷७७ मा शेयर पुँजी ६ करोड जगेडा तथा कोष १२ करोड ७८ हजार ९३ हजार, तिर्न काँकी कर्जा सापट १ अर्ब, १ करोड २३ लाख ९८ हजार , निक्षेप दायित्व ६६ करोड ५ लाख ५५ हजार, कर्जा सापट १ अर्ब ७३ करोड ८२ लाख , खुद नाफा ३ करोड ४७ लाख १३ हजार र असुली दर ९९ दशमल ५२ रहेको जानकारी गराइन ।

विपन्न महिलाको जीवन स्तर उकास्ने उदेश्यका साथ स्थापना भएको उक्त संस्थाले ३० वटा जिल्लामा ५८ शाखा मार्फत ५० हजार महिलालाई विभिन्न व्यवसाय गर्न लगानी गर्दे आएको उनको भनाई थियो । संस्थाको साधारणमा प्रमुख अतिथी प्रतिनिधिसभा सदस्य तुल्सी थापाले लघुवित्त संस्था धेरै भए पनि यसले पिछडीएका र आर्थिक रुपमा कमजोर अवस्था भएका महिलाको जीवनमा फरक ढंगले प्रभावकारी काम गर्न सफल भएकोमा खुसी लागेको बताइन । विपन्न वर्गका महिलाको जीवन स्तरलाई माथी उठाउन सस्थाले अझै धेरै काम गर्न पर्ने उनको भनाई थियो ।

‘विपन्न वर्ग र महिलाको जीवन स्तर माथि उठेन भने देशको विकास हुँदैन,’ सांसद थापाले भनिन,‘सरकारले दिएको समृद्धिको नारा पनि नारामा मात्रै सिमित भयो जनताले अनुभूति गर्ने गरी विकास भएन । त्यसैले नारा मात्रै राम्रा भएर हुँदैन निस्वार्थ रुपमा काम गर्यो भने उदेश्य पूरा हुन्छ ।’ सस्थाले निकट भविष्यमा नै उद्देश्य मिल्ने संस्थासँग मर्च गर्न लागेको संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद न्यौयानेले बताए ।

प्रतिक्रिया