कोरोना संक्रमण बढेपछि बेलायतमा फेरि लकडाउन घोषणा

लण्डन । कोरोना संक्रमण बढेपछि बेलायतमा पुनः लकडाउन घोषणा गरिएको छ। प्रधानमन्त्री बोरिस जोन्सनले देशमा कोरोना संक्रमण लगातार बढिरहेको देशव्यापी लकडाउन गरिएको जनाएका छन्। उनले नागरिकलाई घरैमा बस्न अपिल गरेका छन्।

योसँगै मंगलबारदेखि नै शैक्षिक संस्थाहरु अनलाइनमाध्यमबाटै सञ्चालित हुनेछन्। अत्यावश्यकबाहेकका काममा घरबाट बाहिर ननिस्कन भनिएको छ। शारीरिक अभ्यास, मेडिकल सहायता र घरेलू हिंसाबाट बच्न भने घरबाट बाहिर निस्कन सक्ने जनाइएको छ। यो प्रतिबन्ध फेब्रुअरीको मध्यसम्म लागू हुने जनाइएको छ।

जोन्सनले तत्काल देशमा कोभिडको अलर्ट लेभल ५ गर्न सुझाव दिएका छन्। यसको अर्थ तत्काल आवश्यक कदम नचाले एनएचएसको क्षमताभन्दा बढी संक्रमित हुनेछन्। उनले बेलायतमा कोरोना खोप सुरु भइसकेको र अन्य युरोपको तुलनामा बढी नागरिकलाई खोप दिइसकेको पनि बताएका छन्। उनले फेब्रुअरीको मध्यसम्म प्राथमिकताका ४ समूहलाई खोप दिइसकिने बताएका छन्।

प्रतिक्रिया