क्यान्सरको औषधि र म्याडम क्युरी

मिलन आफन्त

क्यान्सरको उपचारमा प्रयोग गरिने रेडियम पत्ता लगाउने क्युरी आखिर क्यान्सरकै कारण यस संसारबाट बिदा भइन् । क्युरी आज हाम्रासामु हुनुहुन्न तर उनले पत्ता लगाएका वैज्ञानिक खोजहरू हाम्रासामु कहिल्यै नष्ट हुने छैन । उनको नम्र स्वभाव हाम्रो निम्ति प्रेरणा बनेको छ । उनी विलासिता र देखावटीलाई घृणा गर्थिन् । उनी आफ्नो काममा विश्वास गर्थिन्, कर्मलाई प्रेम गर्थिन् ।

विश्व चर्चित वैज्ञानिक म्याडम क्युरीको जन्म ७ नोभेम्बर, १८६७ मा पोल्यान्डकोे राजधानी वार्सा नजिकै एक निर्धन परिवारमा भएको थियो । उनको बाल्यकालको नाम मार्या स्वलोदोवस्की थियो । उनका बुबाको नाम भ्लादिमिर स्वलोडोवस्की हो । उनका पिता भ्लादिमिर विज्ञानका प्राध्यापक थिए भने उनकी आमा संगीतज्ञ तथा शिक्षिका थिइन् । क्युरी बालककालदेखि नै पिताबाट बौद्धिक चिन्तन र कर्मबाट प्रशिक्षित थिइन् भने आमाबाट संगीतको ज्ञान र प्रयोगात्मक विज्ञानको कौशल प्राप्त गरेकी थिइन् ।

क्युरी अत्यन्तै प्रतिभाशाली विद्यार्थी थिइन्, त्यसैले उनी अध्ययनमा सधैँ अब्बल दर्जामा नै रहिन् । उनी विद्यालय जीवनमा कहिल्यै द्वितीय भइनन् । माध्यमिक तहको परीक्षामा उनले असाधारण क्षमता प्रदर्शन गरिन् र उनले यहीबाट स्वर्णपदक पनि प्राप्त गरिन् । विद्यालयमा पढाउने शिक्षक, शिक्षिकाले उनलाई अत्यन्त माया गर्दथे । त्यति बेला केटीहरूका निम्ति पोल्यान्डका सम्पूर्ण विश्वविद्यालयका ढोका बन्द थिए । तर, उनी स्वध्ययन केन्द्रसँग सम्बन्धित फ्लाइङ युनिभर्सिटीमा आबद्ध भई विज्ञान, प्रविधि र आधुनिक राजनीतिक सिद्धान्तका विषयमा युवा साथीहरूसँग मिलि पारस्परिक अध्ययन गर्न थालिन् । पछि उनी पेरिस गई सारबोने विश्वविद्यालयमा पढ्न थालिन् । उनले भौतिकशास्त्र, रसायन शास्त्र, खगोल शास्त्र, गणित, काब्य र संगीतजस्ता विषयहरूमा गहन अध्ययन गरिन् । यस क्रममा उनले सन् १८९२ मा भौतिकशास्त्रमा र सन् १८९४ मा गणितमा स्नातकोत्तर उपाधि प्राप्त गरिन् ।

अब अलिकति उनको वैवाहिक जीवनतिर नजर दौडाऔँ । सन् १८९४ मा चुम्बकत्व बारेमा अनुन्धान गर्ने क्रममा फ्रान्सका पियरेसँग उनको भेट भयो । दुबैका बीच प्रेमको कोपिला अंकुराउन थाल्यो । सन् १८९५ मा विवाह गरे । दुबै वैज्ञानिक भएकोले उनीहरूको जीवन अत्यन्तै सुमधुर ढंगले विज्ञानको प्रयोगमा नै बित्यो । उनीहरू दुबै रेडियमको खोजमा तल्लीन रहे । ४५ महिनाको अथक अध्ययन अनुसन्धानपछि पोलिनियम र रेडियमको खोजमा उनीहरूले सफलता प्राप्त गरेरै छोडे । सन् १९०३ मा दुबैलाई रेडियमको खोजका निम्ति नोबेल पुरस्कार दिइयो । तर, दुर्भाग्य, सन् १९०६ माउनको श्रीमान पियरेको मृत्यु भयो । यसले उनलाई गहिरो चोट पु¥यायो । उनका दुई छोरी इरेनर इभेला थिए ।

विभिन्न खाले अभाव, पीडाहरूको सामना गर्दै क्युरी निरन्तर अनुसन्धानमा लागि परिन् । उनी अध्ययन, अनुसन्धानमा यति दत्तचित्त हुन्थिन कि, अनुसन्धानका क्रममा उनी महिनौँ ननुहाउने, हप्तौँ दाँत नमाभ्mने र कैयौँ दिन कपालसमेत कोर्दैन थिइन् । यसरी कठिन परिश्रम गरी त्यसबेलाको पुरुषप्रधान समाजमा उनले जीत हासिल गरिन र महत्वपूर्ण तत्व रेडियम पत्ता लगाइन् । सन् १९११ माउनलाई रसायन विज्ञान सम्बन्धित खोजका निम्ती पुनः नोबेल पुरस्कार प्रदान गरियो । उनी अहिलेसम्म दुईपटक नोवेल पुरस्कार पाउने पहिलो र अन्तिम व्यक्ति हुन् ।

हामीलाई थाहा भएकै कुरा हो, मानिस जति महान् भए पनि ऊ एकदिन यो संसारबाट भौतिक शरीर छोडेर बिदा हुनै पर्दछ । यो प्राकृतिक नियम म्याडम क्युरीको जीवनमा पनि लागू हुन्छ । आफैँ खोज गरेको रेडियमसँग ३५ वर्ष चलखेल गर्दागर्दै सन ६ जुलाई १९३४ मा उनी मृत्युको सिकार बनिन् । क्यान्सरको उपचारमा प्रयोग गरिने रेडियम पत्ता लगाउने क्युरी आखिर क्यान्सरकै कारण यस संसारबाट बिदा भइन् । क्युरी आज हाम्रासामु हुनुहुन्न् तर उनले पत्ता लगाएका वैज्ञानिक खोजहरू हाम्रासामु कहिल्यै नष्ट हुने छैन । उनको नम्र स्वभाव हाम्रो निम्ति प्रेरणा बनेको छ । उनी विलासिता र देखावटीलाई घृणा गर्थिन् । उनी आफ्नो काममा विश्वास गर्थिन्, कर्मलाई प्रेम गर्थिन् । उनको कर्म हाम्रासामु कहिल्यै पनि मर्ने छैन । विश्वचर्चित वैज्ञानिक क्युरीलाई हामी सदा सर्वदा सम्मान गर्दछौँ र गर्नुपर्दछ पनि ।

प्रतिक्रिया