नेकपाको प्रचण्ड–नेपाल समुहले दोस्रो चरणको आन्दोलन घोषणा गर्दै

काठमाडौं । राजनीतिक रुपमा विभाजित नेकपाको दुबै समूहमा भेला, छलफलहरु भइरहेका छन् । शनिवार पनि ओली र प्रचण्ड–नेपाल समूहले छुट्टा छुट्टै कार्यक्रम गर्दैछन् । प्रधानमन्त्रीसमेत रहेका नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओली पक्षले काठमाडौंको कमलादीस्थित प्रज्ञाभवनमा काठमाडौं जिल्ला कमिटीको आयोजना गरेको छ । सो भेलामा ओली प्रमुख वक्ताका रुपमा छन् ।

त्यस्तै संसद विघटन फिर्ताको माग गर्दै आन्दोलनमा उत्रिएको नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षले आज दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषण गर्दैछ ।

दिउसो ३ बजे पेरिसडाँडास्थित पार्टी कार्यालयमा आन्दोलनको दोस्रो चरणको कार्यक्रम घोषणा गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । नेकपाले नारायणकाजीको नेतृत्वमा संसद विघटनविरुद्ध २५ सय एक सदस्यीय रहेको संघर्ष समिति बनाइसकेको छ । उक्त समूहले पहिलो चरणको कार्यक्रम अन्तगत पुस १४ गते प्रदर्शन गरेको थियो । केही दिनअघि दोस्रो चरणको कार्यक्रम घोषण गर्ने भने पनि अन्तिम समयमा स्थगित भएको थियो ।

प्रतिक्रिया