दुल्लुका किसानले माटो अनुसारको बाली लगाउने

दैलेख । जिल्लाको दुल्लु नगरपालिका भित्रका किसानले अब माटो अनुसारको बाली लगाउने भएका छन् । एकिकृत कृषि प्रयोगशाला सुर्खेतको आयोजनमा दुल्लु नगरपालिका भित्रका किसानको माटो परिक्षणका लागि शिबीर विहीबारबाट दुल्लूमा सुरु भएको छ ।

किसानको माटो परिक्षणको लागि नगरपालिका भित्रका किसानहरुलाई आफ्नो बारीमा भएको माटो परिक्षण गर्ने नगरपालिका कृषि विकास शाखाले आग्रह गरेको छ । दुल्लु नगरपालिकाको समन्वयमा भएको २ दिने माटो परिक्षण शिविर शुक्रबारसम्म हुने कृषि प्राविधिक राजन कुमार विष्टले बताए ।

प्रत्येक वडाबाट १५जना किसान सहभागी हुने गरी १९५ जना किसानको संलग्नता रहेको शिविरमा विहीबार मात्रै करीब ७५ माटोको नमुना संकलन गरी परिक्षण गरिएको र यस शिविरमा करीब ३०० जना किसान लाभान्वीत हुन अनुमान गरीएको छ ।

किसानको बालि उत्पादन घट्दै गएको सन्दर्भमा दुल्लु नगरपालिकाका किसानले अब माटो अनुसारको बाली लगाउँन पाउने माटो प्रशिक्षक प्रयोग बहादुर शाहीले बताए ।

उनका अनुसार माटो परिक्षण गरेर माटोमा भएको नाइट्रोजन,फस्फोरस, पोटासको मात्र र (पि.एच) अम्लिय र क्षारीय पन नापेर किसानले कुन माटोमा कुन प्रकारको खेति गर्ने भन्ने कुराको जानकारी लिई माटो अनुसारको बाली लगाउने भएका हुन् ।

दुल्लु नगरपालिका भित्रका किसानहरुले पहिलेको तुलनामा बाली कम उत्पादन हुँदै गएको भन्ने गुनासोलाई मध्येनजर गर्दै किसानका समास्यालाई सामाधान गरी माटोको परिक्षण गरिएको र माटोको उर्भर शक्ति के–कस्तो छ भनेर बुझ्नलाई एकिकृत कृषि प्रयोगशाला सुर्खेतबाट जनशक्ति ल्याई माटो परिक्षण गर्नुपरेको दुल्लु नगरपालिकाका मेयर घनश्याम भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया