ब्याडमिन्टन अम्पायरको कार्यशाला धादिङमा

काठमाडौं । धादिङ जिल्ला ब्याडमिन्टन संघले आयोजना गर्न लागेको प्रथम मेयर कप ब्याडमिन्टन प्रतियोगिताको पुर्वसन्ध्यामा ब्याडमिन्टन अम्पायर वर्कसप आयोजना भएको छ । ब्याडमिन्टन प्रतियोगिताको लागि वरिष्ठ अम्पायरहरु जिल्लामा आएको बेलामा ब्याडमिन्टन अम्पायर वर्कसप राखिएको धादिङ जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष बिष्णुलाल श्रेष्ठले बताए । सदरमुकाम धादिङबेशीमा भइरहेको वर्कसपमा स्थानिय ८ जना ब्याडमिन्टन खेलाडीहरुले प्रशिक्षण लिइरहेका छन् ।

वर्कसपमा बिडब्लुएफका मान्यताप्राप्त लाइन जज उदय अर्याल र ब्याडमिन्ट एसियाका अम्पायर सुमित शाक्यले प्रशिक्षण दिइरहेका छन् । यस्तो खालको वर्कसपबाट नयाँ जनशक्ति उत्पादन हुने र स्थानिय तहमा प्रतियोगिता आयोजना हुदा खेल सञ्चालन गर्न सहयोग पुग्ने भएकाले आफु जिल्ला आएको बेला संघको अनुरोधमा प्रशिक्षण दिइरहेको अम्पायर अर्याले जानकारी गराए ।

यस्तै अर्का अम्पायर शाक्यले आफ्नो सिनियरसँग बसेर यस किसिमको वर्कसप हुदा आफुलाई प्राप्त ज्ञान हरुलाई सिकाउन पाउँदा खुशी लागेको र अम्पायर बन्न चाहनेहरुलाई सिकाउन पाँउदा धेरै खुशी लागेको बताए । वर्कसपमा बिहीबारदेखि प्रयोगात्मक कक्षा ब्याडमिन्टन प्रतियोगताको खेलहरुमा अम्पायरिङ गराएर गरिनेछ । प्रतियोगिताको लागि नेपाल ब्याडमिन्टन संघको तर्फबाट राष्ट्रिय ब्याडमिन्टन अम्पायर केदार धिमाल, पुष्पा घिमिरे, राजु देउजा, मन्दिरा न्यौपाने र राजाबाबु शर्मा धादिङ पुगिसकेका छन् ।

प्रतिक्रिया